दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।

गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित बस्ती, खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले जानकारी दिए । स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताए । गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर बिरामीको पहिचान गरिनेछ।

कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् ।

गाउँपालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । वडा १ देखि ५ सम्मका सबै बस्तीमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिने छ । यो अभियान वडा नम्बर ४ मा सम्पन्न भएर वडा नम्बर १ मा सुरु भएको छ ।

शनिबार, १० चैत्र, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे