गोवापासाङ भोटे

ल्होसार पर्व आफैमा महत्वपूर्ण पर्व हो । शेर्पा, भोटे, तामाङ, गुरुङ समूदायले ल्होसारलाई मुख्य पर्वको रुपमा धुमधामकासाथ मान्ने गर्दछन् । आ–आफ्नो समूदायले मात्र उत्साहकासाथ मान्ने ल्होसार अहिले देशभरमा मान्ने गरीन्छ भने सरकारलेसमेत सार्वजनिक बिदा दिने गरेको छ । तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसारका आ–आफ्नै बिशेषता र महत्व होलान । तर पछिल्लो पटक ल्होसार पर्व अन्य पर्व जस्तै मनाउन थालिएको छ । ल्होसार पर्व एक भए पनि समूदायगत रुपमा यसको अर्थ अनेक लगाउने गरीएको छ । पृथ्वीमा मानव जातिको बसोबास हुन थालेदेखिनै यो ल्होसार पर्व मान्न थालेको बिश्वास गरीन्छ । मतलव यो हो की, मानव सभ्यताको सुरु अवश्थादेखिनै ल्होसार पर्व मानिदै आएको बताईन्छ । ल्होसार मुख्यतः दुई पटक मान्ने गरीन्छ । तोल ल्होसार अन्नबाली लगाई सकेपछि दुःख कष्टको समयमा यो ल्होसार मान्ने गरीन्छ । त्यसै गरी ज्यालो ल्होसार भने अन्नबाली पाकीसकेपछि सुःख अनुभूति भएको समयमा यो ल्होसार मान्ने गरीन्छ । ल्होसारलाई गुरु रेम्पोछेको शासनकालको रुपमा मानिन्छ । बिभिन्न ठाउँमा माने(छोर्तेन) निर्माण कार्यलाई गुरु रेम्पोछेले बिस्तार गरेको मानिन्छ । हामीले मान्दै आएको कला, संस्कृति, पूजाआजाबाट के ज्ञात हुन्छ भने गुरु रेम्पोेछेको कृयाकलापहरुमात्र दर्शाएको भेटीन्छ । ने खेम्पालुङ, छयुक्चुवा, फुपु ह्युल्ला आदियसका जिवित उदाहरण हुन् । यो बिश्वभरी जति पनि बुद्ध वाने धर्मको प्रचार प्रसार भएको छ त्यसमा गुरु रेम्पोछेको समयमा भएको देखिन्छ । बुद्ध धर्म भन्दा पनि वोन धर्मको उत्पति पहिले भएको देखिन्छ ।  पुपु सिरी खाम्पोक र पुःपु ना जिवित उदाहरण हुन । ल्होसारमा एक अर्काबाट आर्शिवाद ग्रहण गर्ने गरीन्छ । नौनि घिउ टाउँकोमा लगाई दिएर सातुको पिठो कुममा लगाई दिएर टासी स्याँ भनेर आर्शिवाद दिने चलन छ ।

गुरु रिम्पोछेलाई टुक्रा टुक्रा पारेर जलाइएको छो पमा एउटै पोखरीमा पाँच थरीका रंग  भएको थियो । छ्यामिङ तेम्बा रिम्बुछि नेपालीमा पद्य सम्वभ गुरु रिम्पोछे ध्यानमा बसेको बेलामा राक्षस्नीले तपस्या भंग गर्न आएको, गुफामा कोहि पनि छिर्न नसकीने गरी माटोले लिपेर ध्यानमा बसेको बेला राक्षस्नीले जानी जानी तपस्या  भंग गर्न तीनवटा वस्तु अफर गरेको छ्याङ,बाख्रा र उनी आफै । ती वस्तु नस्विकारेमा सराप दिने भन्ने शर्त राखेकोले त्यसपछि गुरु रिम्पोछेले सराप लाग्ला भन्ने डरले छ्याङलाई स्विकारेको,छ्याङ खाई सकेपछि मातेर बाख्रा काटेर खाएको र राक्षस्नीलाईपनि त्यहि बस्न आग्रह गरीएको भएर पूजा आजामा काटमारको सुरुवात त्यहिबाट भएको मानिन्छ । राक्षस्नीलाई ठिक पार्न नांगै पारेर टाउकोमा छुङ र अनुहारमा सिंहको मखुण्डो लगाएर नचाएपछि राक्षसहरु तर्सेर भागेको कथन छ । त्यो दिन देखि राक्षसहरु भन्दा गुरु रिम्पोछेले जितेको र राक्षस्नीलाई जब मन्त्र गरेर भगवान बनाएर आफ्नो श्रीमतीको रुपमा लिएको भन्ने छ ।

सोमवार, २८ फाल्गुन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे