साहित्य यस्तो संसार हो जस्को कुनै भूगोल हुँदैन् । नत जात, धर्म, लिङ्ग र वर्ण नै हुन्छ । साहित्य जस्तो स्वच्छ कञ्चन सायदै होला । मतलब साहित्य सबैको साझा फूलबारी हो । जून फूलबारीमा अनेकन रंगिबिरंगी फूलहरु फूल्छन र फूलबारीलाई ढकमक्क बनाउछन् । जून फूलबारीमा अनेकन पूतलीहरु फूलको रस चूस्न र रमाउन लालयित भएर आउँछन् । हो, यस्तै यस्तै हो साहित्य पनि ।

फूलबारीमा अनेकन पूतलीहरु रमाए झैं साहित्यमा पनि अनेकन मनहरु रमाएका हुन्छन् । यस्तै रमाउने मन मध्येकी हुन भन्नै पर्छ, सयपत्री थुलुङ । उन्ले साहित्य मार्फत आफ्नो जीवनलाई अनि मनलाई रंगीचंगी बनाएकीछन् भनौ कलरफूल । जुन कलरफूल साहित्यले उनीतिर सबैको मन आकर्षित भएको मात्र छैन, केन्द्रीत भएको छ । साहित्य त्यस्तो चिज हो जस्ले उराठिलो जीवनलाई साँच्चै रसीलो र मिठो बनाई दिन्छ । हो, यस्तै फूलहरुको पत्रै पत्र जति सुन्दर हुन्छ त्यस्तै सुन्दर नामले भरिपूर्ण जीवन फूलहरुको पत्रै पत्र सयपत्री । एउटा फूलको थुंगामा प्रत्येक पत्रको महत्व उत्तिकै हुन्छ । हो त्यस्तै महत्वपूर्ण जीवनले साच्चै सुवासीलो नाम पाएको छ सयपत्री । सयपत्रीलाई त अझ फूलहरुको पनि राजाको रुपमा पनि लिईन्छ । साहित्यले न उमेर भन्छ,न कसैलाई भेदभाव नै गर्छ ? सानै उमेर देखि साहित्यप्रति ओतप्रोत भएको कलिलो नाम हो यो सयपत्री थुलुङ ।

नेपालको सुन्दर जिल्ला संखुवासभामा जन्मथलो बनाउने सौभाग्य बनाएकी सयपत्रीले आफ्नो कमर्थलो जापानलाई बनाएको धेरै भयो । जापान बस्दासमेत उन्लाई नेपालको माटो र यहाँको साहित्यले कहिलै एक्लै छाडेन । मानौ साथ दिइ नै रहयो । न साहित्यले साथ छाड्यो न त सयपत्रीले नै साहित्यको साथ छाडिन् । यी नै सयपत्रीले अहिले पत्र–पत्रको रुपमा साहित्यको पत्र पल्टाई रहेकीछन् । जन्मथलो छाडेर कर्मथलोमा रमाउन कस्लाई पो रहर होला र ? हो त्यस्तै रहर पोखेकीछन सयपत्रीले जब उनी जापानबाट केहि समय मिलाएर जन्मथलो नेपाल आउदै थिईन् । त्यहि मेसोमा उन्ले पोखिन शब्दभावमा मात्र हैन एउटा सुन्दर पुस्तक कोशेलीको रुपमा ।

नामै काफी छ, गाउँ फर्किरहेको परदेशी । कति मिठो छ हई, परदेशीको भाव । जुन गाउँ फर्किरहेकी परदेशी पुस्तकमा पनि सयपत्री भन्दा बढी पत्रैपत्रैका सुगन्ध पोखीएकाछन् । जुन पानाका रुपमा शब्द लिएर फूल झै फूलेकाछन् । उन्ले पुस्तक भित्रका फूललाई ३५ पत्रमा सुगन्ध छरेर पुस्तकलाई फूलमय बनाएकीछन् । पत्रैपत्रको रुपमा उन्ले कर्मथलोबाट जन्मथलो फीर्ने पर्खाईको पीडाको क्षणलाई भावनाको माध्यमबाट फूलैफूलले बुनेर सुन्दर बनाएकी छन् । गाउँ घरका चौतारी, त्यहाँको माटो, धूँलो र त्यहाँको वातावरणलाई उन्ले शब्दभावमा पोखेकीछन् । एक दशक अघि शान्तिको फूल लिएर सुन्दर साहित्यमा प्रवेश गरेकी सयपत्रीले साहित्यका पत्रै पत्रमा प्रवेश गरेकीछन् ।

गाउँघरमा जन्मेकी र हुर्केकी उन्ले जापानजस्तो शहरमा बसेर पनि उन्ले सरल, सुन्दर र मिठो भषा प्रस्तुत गरेर कलामा अझ सुन्दरता थपेकीछन् । उन्ले सयपत्र मध्ये फूलरुपी एउटा पानामा सिंगै एक थुंगा फूलको यादलाई बुनेकीछन् । त्यसैगरी जन्मभूमिको रुपमा आमालाई पनि कवितामार्फत राम्ररी कोरेकीछन् । त्यहि पाखापखेरामा नाङ्गो खुट्टाले घुम्ने सोल्टी कान्छालाई पनि उन्ले सुन्दर रुपमा सम्झेकीछन् । यस्तै पत्रैपत्रमा गाउँ फर्कीनु अघिका कुरालाई पनि मिठो रुपमा कवितात्मक सैलीमा पानामा उनेकीछन् ।

आहाँ कति मिठो गाउँको मायाँ उन्ले सुन्दर मनका कुरा सुन्दर अक्षरमा कोरेकीछन्
म यतिबेला दिमागमा सजाएर
मेरो गाउँको आर्ट ग्यालरीहरु
घर फर्किने तयारीमा छु,
र सम्झिरहेछु बिर्सनै नसक्ने
गाउँको मुर्छनाहरु
त्यसैगरी भनेकीछन्
गाउँ सम्झदै सोचीरहेछु
किन खण्डहर हुदै गईरहेछ गाउँको अनुहार ?
कसले चोरी लग्यो मेरो गाउँको
भाग्य लेख्ने मसी र कलम ?
वा किन अडिन मान्दैन मेरो गाउँमा
जवान पाखुरा र पाईलाहरु ?
अर्को हरफमा लेखेकीछन
हो म यसबेला..
गाउँको मुर्छनाहरु बोकेर
घर फर्किने तयारीमाम छु ।
जुन माटोको सुगन्ध र मेरी आमाको मुस्कान
मेरै प्रतिक्षाको लागि हो ।

हो, यस्तै यस्तै सुन्दर शब्दमा वर्णित अक्षर भावनाकाबीच उनी केहि समयकालागि जन्मभूमि नेपाल पनि फर्कीएर आफ्नो माटोमा पाईला राखीन् । जुन मनभरीका वह यहाँ आएर भावनामा मात्र नबहकी यर्थाथमा परिणत हुन्छ । यहि कविताले व्यक्त गरेको भाव अनुसार नेपालमा साच्चै भेट हुन्छ जन्म भूमिमा सयपत्री बहिनीसंग ।

यी त भए यर्थाथमा भोगिएका कुरा । उन्ले बालपनलाई पनि सम्झनालायक बनाएर नमेटीने गरी पुस्तकको ७० औ पानामा राखेकीछन् ।जुन सधै नमेटीने गरी त्यहि पानामा हुनेछ । प्रकृति र समाजिक भावनालाई पनि उन्ले जीवनसंग नछुटाउने गरी बुनेकीछन भने गाउँ परदेश र विडम्बनालाई यर्थाथपरक रुपमा पस्किएकीछन् । अन्त्यमा मृत्यूको सत्यता र उधारो सपनालाई पनि पुस्तकमा अटाएकीछन् । सयपत्रीले धेरै सपना साकार पार्ने उद्धेश्यले यो पुस्तकको पत्रै पत्रमा राखेकीछन जुन मेटीने छैनन अक्षर बनेर बसी रहने छन् ।

संखुवासभामा आमा इन्द्रमाया र पापा भीमबहादुर राईको सुन्दर सन्तानको रुपमा रहेकी उन्ले युवा उमेरमै सुन्दर काम गरेर बाटो देखाई रहेकीछन् । समाजसेवा भने पछि हुरुक्कै हुने उन्को निस्वार्थी स्वभाव भूवा जस्तै हलुंगो छ । जुन चञ्चल बनेर आकाशमा हलुका बनेर उडेझै उडी रहने छ । समाजकालागि सधै । शिक्षा,स्वास्थ्य, चेतना र बालबिकासको क्षेत्रमा काम गर्ने र युवालाई पनि सामाजिक कामका रुपान्तरित गर्न सकीन्छ भन्ने उन्को भावना छ । जापानमा कमर्थलो बनाएकाहरुले जन्मभूमिलाई र यहाँको नेपाली माटोलाई माया गर्नेहरुबीच उन्को सम्बन्ध पनि त्यति नै सुन्दर छ । जुन सुन्दरतालाई नेपाली माटोमा ल्याएर फूलाउन सके साच्चै सपना सपना नभई यर्थाथमा र एकतामा परिणत हुने छ । र अन्त्यमा सबै पत्र पत्रलाई सयपत्री फूलले एउटै थुंगामा उने झै सयपत्रीले पनि सबै पत्र र पात्रलाई एउटै पत्रमा उनेर सयपत्री नामलाई सुवास दिन सक्ने खुवी राख्न सक्ने छिन ।

बिहिबार, २८ मंसिर, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा