चुनाव जति जति नजिकीन्छ त्यति त्यति नै जनतामा भ्रम छर्ने मात्र हैन, आश्वासन बाड्न माहिर हुन्छन नेता । अझ दुर्गम ठाउँका जनतालाई त यति दिग्भ्रमित बनाउँछन् की भनि साध्य छैन् । अहिले नै जादूचटक गरेर दुर्गमलाई सुगम बनाई दिई हाल्ने आश्वासन पनि दिन्छन् । भलै आश्वासन बढी दिने ले नै चुनाव जित्छन् । आफ्नो ठाउँको बिकासको सुन्दर सपना देखेका जनतालाई दिनप्रतिदिन जनप्रतिनिधिको व्यवहारले सकरात्मक भन्दा नकरात्मकता तिर धकेली रहेको हुन्छ ।

हो । अहिले यस्तै गुनासो बढेको छ संखुवासभामा पनि । बिकासको मुलढोका बनेको स्थानीय निकाय र यस्का जनप्रतिनिधिको व्यवहारले जनता आजित हुँदै गएको गुनासो पोख्न थालेकाछन् । संखुवासभाका दशवटा स्थानीय निकाय मध्य पाँच नगरपालिका र पाँच गाउँपालिकाका सेवा प्रदायकहरुले अहिले जिल्लाको बिकासको गति सुस्त भएको भन्दै असन्तुष्टि पोख्न थालेकाछन् ।

स्थानीय निकायसंग प्रत्यक्ष सरोकार राख्ने जनताको काममा बर्षोसम्म जनप्रतिनिधिले झुलाई दिने गरेकाछन् । पछिल्लो समय अरुण तेस्रोको मुआब्जाको बिषय पेचीलो बन्दै गएको छ । अरुण ३ प्रवेशमार्ग मुआब्जा पिडित संघर्ष समितिले बर्षोदेखि आन्दोलन गरी राख्नु परेको छ । यस बिषमा जनप्रतिनिधि गम्भिर नबन्दा यो बिषय कचल्टिदै गएको छ । संघर्ष समितिले सयौपटक स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायसंग हारगुहार गरे । अहँ अहिलेसम्म सामान्य आश्वासन बाहेक केहि पाएका छैनन् ।

चरण चरणमा यसका नाममा बैठक बसेर भक्ता पचाउने काम भए तर, उनीहरुले मुआब्जा पाउने बिषय झनै अन्योल बन्दै गएको छ । संघर्षसमितिले अहिले आकुल ब्याकुल हुँदै फेरि चेतावनी दिएको छ । पहिलो चरणको मुआब्जा रकम तत्काल निकासा नभएमा र दोस्रो चरणको प्रकृया सुरु नगरे पुनः भाद्र १ गतेदेखि आन्दोलन गछौ । हुन पनि हो । यहि नाममा काठमाडौको बैठकमा यहाँका जनप्रतिनिधि धेरै पटक ओहोरदोहोर गरे । तर मुआब्जापीडितको एक किस्ता रकम पनि निकासा गर्न सकेनन् ।

यसले मुआब्जापीडितलाई झनै पीडित बनाएको छ । अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा पीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले राष्ट्रिय गौरवको आयोजनाका नाममा आफ्नै देशका नागरिक धुरु धुरु रुनु परेको ब्यथा जनप्रतिनिधिले नदेखेको गुनासो गरे । सात बर्ष अघिदेखिको संघर्षमा कसैले साथ नदिएको उनको भनाई छ । स्थानीय पीडितको मागको सम्बन्धमा जनप्रतिनिधिले चासो नदिएको उनको भनाई छ । हाम्रो भोटले चुनाव जिते तर जनप्रतिनिधिले गरेका बाँचा पुरा गरेनन् ।

जनप्रतिनिधि कसैले बालुवाटार देखाईदिने, कसैले लगानी बोर्ड देखाईदिने, कसैले सुन काण्ड, ललिता निवास काण्डले गर्दा ढीलो भएको भनेर बहाना बनाई दिने गरेको उनीहरुको गुनासो छ । स्थानीय जनताको काममा स्थानीय जनप्रतिनिधिले सहयोग गर्नु पर्ने मात्र हैन समस्या सामधान गरी दिनु पर्ने हो । तर, अहिलेसम्म फायल आफैबोकेर मन्त्रालय र बिभिन्न निकाय धाउँदा धाउँदा आजित भएको उनीहरुको दुखेसो छ । उनीहरुले पैसा रोक्छन भने हामीहरु पनि काम रोक्छौ, उन्ले भने ।

यता फाईल बन्द गर्नुस, उता हामी सडक बन्द गछौ, राईले भने । त्यहाँका झण्डै चारसय घरपरिवार अहिले पीडित छन् । त्यसो त यहि बिषयलाई बहाना बनाउदै स्थानीय जनप्रतिनिधि कयौपटक सदरमुकाम खाँदबारी धाए । प्रदेश सरकारकोमा धाए । केन्द्रीय सरकारकोमा धाए । तर अहँ एउटा वहाना बाहेक पीडितका समस्या सामधान हुन सकेका छैनन् । ज्यूका त्यूँ छन् । आफ्ना माग र समस्या समाधान गर्न स्थानीय प्रतिनिधिले चासो नराखेको उनीहरुको गुनासो छ । जनताले समस्या सुनाउँछन, उनीहरुक समस्या र गुनासोबाट भाग्ने गरेको उनीहरुको भनाई छ ।

त्यसो त स्थानीय निकायमा अहिले बेथिति बढ्दै गएको गुनासो मिडियामा आउन थालेको छ । बिभिन्न क्षेत्रमा बहानामा भ्रष्टाचार बढ्दै गएको गुनासो मिडियामा आउन नथालेको हैन् । स्थानीय सरकारमा पनि कमिसनको खेल हुन थालेको मात्र छैन बढ्न पनि थालेको उनीहरुको गुनासो छ । सडकको दुरअवस्था, पुलको अवस्था, बिकास निमार्णका काम प्राय नारामा छन् । गाउँपालिकाभित्र पर्यटन प्रर्वधन ठप्प छ । कृषि र पशुपालनलाई प्रश्रय दिने भनिए पनि बेथिति झांगिदै जान थालेको छ ।

तर, पछिल्लो समय जनता सचेत भएका कारण पनि त्यस्था बेथिति मिडियामा आउन थालेकाछन् । स्थानीय जनताको काम गर्न स्थानीय सरकार हो । तर, सरकार नभएको आभावास हुन थालेको गुनासो आउन थालेको छ । यसले अन्ततः नेता र नेतृत्वलाई नै असर पु¥याउने गर्छ । त्यसैले स्थानीय जनताको नाममा हुने यस्ता खाले गैर जिम्मेवारपुर्ण व्यवहारलाई सच्याउन पनि जरुरी छ ।

शुक्रबार, १९ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे