रेडियो नेपालबाट मिर्गौला बचाउ अभियान रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । मिर्गौला रोग र त्यसबाट बच्ने उपायहरूका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले मिर्गौला बचाउ अभियान बनस्थलि काठमाडौँको समन्वय तथा सहयोगमा रेडियो नेपालबाट यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

रेडियो नेपालबाट मिर्गौला बचाउ अभियान कार्यक्रम अब हरेक शुक्रबार राति ९ः०० बजेको समाचारपछि ९ः२० बजेदेखि ९ः३५ बजेसम्म प्रसारण हुनेछ ।

सो कार्यक्रम सञ्चालन सम्बन्धमा आज रेडियो नेपाल र मिर्गौला बचाउ अभियान बनस्थली काठमाडौँबीच सम्झौता भएको छ । सम्झौतामा रेडियो नेपालका तर्फबाट कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र मिर्गौला बचाउ अभियानका तर्फबाट अभियानका संयोजक डा.ऋषिकुमार काफ्लेले हस्ताक्षर गर्नुभएको छ ।

यस कार्यक्रमबाट दुरदराजमा रहेका जनतालाई समेत मिर्गौला रोग र त्यसबाट बच्न अपनाउनुपर्ने आनीबानीका सम्बन्धमा जानकारी प्राप्त हुने र स्वस्थ समाजको निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सोमवार, ११ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान