किरण कुमार श्रेष्ठ, एकजना असल पात्र । अर्थात घामको किरण झै बनेका किरण । संखुवासभाको चैनपुरमा जन्मनु भएकाले उहाँलाई चैनसंग बस्नु भएको भन्ठान्ने धेरै हुन्छन् । तर, अहँ उहाँले कहिल्यै चैनसंग बस्न पाउनु भएन् । किन भने बाल्यकालदेखी नै उहाँले केहि बन्ने सपना पाल्नु भएको थियो मनमा । मतलब बाल्यकालमा उहाँको जीवन बैचन नै थियो । मध्यम परिवारमा जन्म भए पनि उहाँलाई घामको किरण झै बन्ने हुट्हुटी जागेको थियो । चैनपुर एउटा संखुवासभाको मात्र नभई कोसी प्रदेकै समृद्ध र ऐतिहाँसीक ठाउँ पनि हो । आर्थिक रुपले सम्पन्न मानिसहरु बस्ने भएकाले यो ठाउँको ऐतिहाँसिक बिकास त्यतिबेला पनि भएको थियो ।

त्यहि पबित्र ठाउँलाई आफ्नो जन्मथलोको रुपमा पाउनु भएका किरण कुमार श्रेष्ठलाई त्यहि समयमै कसरी जीवनलाई सफल बनाउने भन्ने प्रश्न मनमा आई रहन्थ्यो । हो ,बाल्यकालमा घामको किरण झै बन्ने कल्पना गर्ने किरणकुमार अहिले त्यस्तै बन्नु रहस्य छ । उहाँ अहिले राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा हुनुहुन्छ । अर्थात बैंकीङ क्षेत्रको बिज्ञको रुपमा उहाँलाई सबैले स्वीकार्छन् ।

गाउँले परिवेशमा जन्मनु भएका कारण परिवारको मुख्य पेशा कृषि नै थियो । त्यस बाहेक एउटा किराना पसल र सामान्य होटल सञ्चालनमा थियो । आफ्नो घरको काम पनि नियमित रुपमा गर्नु पर्ने र पढ्नु पनि पर्ने दायित्व चानचुने थिएन् । खेतबारी घरबाट केहि तल रहेकाले उकालो ओराले गर्नु दैनिकी थियो उहाँको । आम्दानीका मुख्य स्रोत खेती नै थियो । स्कुल पढ्दा शनिवार, शुक्रबार र बिदाभएको समयमा पसल र खेतबारीको काम गर्नु पर्ने दोहोरो दायित्व थियो । यसो गर्दा गर्दे उहाँले स्थानीय सरस्वती माध्यमिक बिद्यालयबाट एसएलसी सम्मको पढाई सक्नु भयो । एघार जनाको परिवार त्यतिबेला सबैलाई स्कुल पठाउँनु कम चुनौतिको बिषय थिएन् ।

उहाँ भन्दा माथि ३ जना दाजु र २ जना दिदी हुनुहुन्छ । चार जना भाई र एक बैनी हुनुहुन्छ । उहाँ परिवारको काईलो भाईको रुपमा हुनुहुन्छ । जीवन निर्वाहको लागि त्यतिबेला धेरै संघर्ष गरेको अनुभव उहाँले लिनु भएको छ । सानो हुँदा एउटा कुरा मनमा थियो । अलिक ठुलै ठाउँ बिराटनगर, धरान वा काठमाडौ सम्म पुगेर पढ्न पाए हुन्थ्यो भन्ने मनमा थियो । अहिले यसो फर्कीएर हेर्दा अहिलेको समाजमा केटाकेटीहरुको पढाईको स्तर, पढ्ने वातावरण, शैक्षिक स्थिति गज्जबको छ । यो संग त त्यतिबेलाको स्थिति तुलना गर्न मिल्दै मिल्दैन थियो । स्कुलको भौतिक संरचना, कक्षा कोठाका स्थिति, डेक्स बेञ्चको अवस्थाहरु, शिक्षकको अनुभव योग्यता थिएन् । समयमा किताब नपाउने समस्या थियो । पढ्ने मात्र भएन् । खसी बाख्रा पालेका हुन्थे घाँसपात गर्नु पर्दथ्यो खोले पकाउनु पर्दथ्यो बिहान् । बेलुकी पनि फेरी खेतबारीमा जानु पर्ने हुन्थ्यो ।

बचेको समयमा मात्र पढ्नु पर्दथ्यो । यसो गरेर पनि रमाईलो के छ भने ११ जना दाजुभाई दिदी बहिनीले त्यहि हाईस्कुलबाट एसएलसी पास गर्न सफल हुनु भयो । त्यसमा पनि सबैले एकैपटकमा एसएलसी पास गर्नुभयो । त्यतिबेला एसएलसी कडा थियो । त्यहि कडा एसएलसी एकै पटक उत्तिर्ण गर्ने परिवार अहिले भने आ–आफ्नो पृष्ठ भूमिमा हुनुहुन्छ । कोहि बेलायत, कोहि अमेरिकालगायतका मुलुकमा बस्नु हुन्छ । यो परिवेश र पृष्ठभूमि बनाउन एकदमै ठुलो संघर्ष गर्नु प¥यो । र त यो स्थान बनाउन सम्भव भयो । सबै भन्दा ठुलो कुरा ठुलो दिदी कमला जोशीको देन देख्नु हुन्छ । उहाँ एसएलसी पास गरे लगतै नर्स पढ्न काठमाडौ आउनु नै यो परिवारमा प्रगतिको ढोका खुल्नु हो । र यो परिवेश सृजना हुनु हो । दिदी काठमाडौ आए पछि सबै क्रमश काठमाडौ आउनुभयो । सबैले टेक्नीकल बिषय पढ्नुभयो । पहाडबाट गरिव परिवारबाट आउँदा त्यतिबेला छात्रबृत्ति पाउने सम्भावना थियो । यो पनि काठमाडौमा टिक्नको लागि एउटा आधार बन्यो । यसमा उहाँले ठुलदीदीलाई मुख्य देनको रुपमा मान्नु हुन्छ । बाल्यकाल चैनपुरमै बित्यो । तर काठमाडौ आएपछि यतै पढाईमा अल्मलिनु पर्ने भयो । ठूलो परिवार भएका कारण घरको कृषिको काम गर्न हलो जोत्नदेखि खन्न सबै काम गर्न परिवार नै काफी थियो ।

चैनपुर भन्नसाथ सबै सम्पन्न थिए भन्ने थिएन् । त्यहा पनि बिभिन्न वर्ग थियो । धनी साहु महाजन, बिहान बेलुकी हातमुख जोर्न समस्या हुने परिवार नि थियो । त्यसैले चैनपुर भन्नासाथ सबै धनि थिए भन्ने छैन् । बुबा जंगबीर जोशी शिक्षा प्रेमी हुनुहुन्थ्यो । उहाँले जसरी पनि छोराछोरीलाई पढाउने भन्ने रैछ । नत्र एघार जनालाई पढाउने कुरा कम चानचुने कुरा हैन् । कुनै हालतमा पनि छोराछोरीलाई पढाउछु भन्ने रैछ । आमा पनि महत्वकांक्षि हुनुहुन्थ्यो । बुवा आमाको आकांक्षा अनुसार पढ्दै पनि जानुभयो । काठमाडौ आएर पढे लगतै उहाँ चैनपुर फर्कनु भयो र सरस्वती हाई स्कुलमा २ बर्ष पढाउनुभयो । अर्थात शिक्षक हुनुभयो । पछि पुनः काठमाडौ फर्कीएर पढ्न थाल्नु भयो । केहि समय धरानमा एउटा प्रोजेक्टमा काम गर्नु भयो । त्यस पछि भने उहाँको बैकीङ क्षेत्रको यात्रा तय भयो ।

बैंकीङ क्षेत्रमा आकर्षित हुन उहाँको बिषय पनि मिलेको थियो । आफन्त ,नातेदार पनि बैंकीङ क्षेत्रमा हुनुहुन्थ्यो । यसले गर्दा पनि उहाँले एकैपटक अधिकृतमा नाम निकाल्न सफल हुनु भयो । उहाँ यो स्थानमा आई पुग्नमा चैनपुरको देन महत्वपूर्ण छ । त्यहाँका अधिकांश मानिसहरु अर्थात ९० प्रतिशत मानिसहरुको राम्रो व्यवस्थापन भएको छ । किरणकुमार श्रेष्ठ कुनै पैसा बोकेर काठमाडौ आउनु भएको हैन् । रीत्तै भनौ, एउटा झोला बोकेर बाटो खर्च लिएर आउनुभएको हो । चैनपुरमा रहेकी सिद्धकाली देवी अर्थात सिद्धकाली माताका आर्शिवाद र प्रसाद हो भन्ने उहाँलाई बिश्वास छ । चैनपुरको देन र चैनपुरको पानीको पनि देन हो । सिद्धकाली माताले सबै चैनपुरेलाई कल्याण नै गरेको देखिन्छ । र त्यस मन्दिरको लागि आफूले सक्दो सहयोग गर्ने पनि उहाँको भनाई छ ।

यसको गुण तिर्न त्यहाँको ढुंगा माटोले किरणलाई खोजेको भान पनि उहाँलाई गराउँछ । यो स्थानमा पु¥याउने ठाउँको लागि हामीले के ग¥यौ त प्रश्न छ । त्यहाँका समाजलाई के गर्न सक्यौ त भन्ने पनि छ । जसले हामीलाई यो बनायो त्यसको ऋणको भार छ हामीलाई उहाँले भित्री कुरा खोल्नु भयो । ऋणको भार त हामीले तीर्न नै पर्छ । बिकास निमार्ण, सामाजिक, शैक्षिक, साँस्कृतिक, पर्यटकीय, मठमन्दिर निर्माण प्रचारप्रसारका कामलगायतका बिभिन्न काम होलान । त्यसमा हाम्रो सहभागिता हुन्छ । हुनै पर्छ । मात्राको रुपमा तल माथि हुन्छ । तर, चैनपुरको लागि सिद्धकाली मन्दिरको लागि हामी जहिले पनि सहयोग गर्न तयार छौ, उहाँले भन्नु भयो । त्यस्तो पबित्र काममा । मैले यसलाइ यहाँ भन्नकालागि भनेको हैन, मनबाटै र व्यवहारबाटै गर्न भनेको हो । परिवार र मेरो तर्फबाट २०६४ सालमा आमाको अमेरिकामा निधन भयो । नेपालमा ल्याएर अन्तेष्टि ग¥यौ ।

त्यहि समयमा हामीले चैनपुरमा कुनै सभाहल देखेनौ । सभाहल कुनै सामाजिक काम गर्न थिएन चैनपुरमा । त्यसैले आमाको नाममा दिलकुमारी स्मृति सभा भवन बनायौ । अहिले सभाहल चैनपुरेहरुको सारथी बनेको छ । हामी पढेको स्कुलमा पनि केहि गरौ भने लागेको थियो, दिलकुमारी आमाको नाम झै आमा पनि साच्चै दिलदार हुनुहुन्थ्यो । बुबा समाजसेवी । तल्लो स्कुल र माथिल्लो स्कुलमा छात्रबृत्ति राख्यौ । हजुर आमाको नाममा । फलाटेमा सुर्योदय प्राथमिक बिद्यालयमा बुबाले स्थापना गरेको स्कुलमा छात्रवृत्ति र बिभिन्न स्रोत जुटाएर बिद्यालय सुधारका काम गरेका छौ । सरस्वती माध्यमिक बिद्यालयमा ६ लाखको छात्रबृत्ति राखेका छौ । सरस्वती हाईस्कुलमा बुबाको नाममा जंगबीर जोशी कक्ष बनायौ । यो बाहेक चैनपुरका बिभिन्न बिकास निर्माणमा सहयोग गरेका छौ । राधाकृष्ण मन्दिर बनाउन पनि उहाँहरुको योगदान छ । यो संगै चैनपुरमा हुने महोत्सवलगायतका त्यहाँ हुने कार्यक्रममा उहाँहरुको सहयोग छ ।

हुन त, किरणलाई चैनपुरले खोजे झै भान न गराएको हैन् । म एकदम सम्झन्छु चैनपुरलाई । म नियमित रुपमले चैनपुर जान्छु । त्यहाँको सानो सानो काममा पनि सहयोग गरेको छु । सामाजिक उत्तरदायीत्वका बैंकबाट हुने काम पनि गरेको छु । रिटायर भएपछि पर्यटन र कृषिमा आफै केहि गर्ने इच्छा पनि उहाँको छ । त्यसो त चैनपुरलाई पर्यटकीय हव बनाउन सकीन्छ भन्ने उहाँको बिश्वास छ । प्राकृतिक रुपले र धार्मिक रुपले सुन्दर छ चैनपुर । चैनपुलाई मात्र फोकस गर्ने होइन् । एउटा सर्कल रुट नै क्रिएट गर्नु आवश्यक छ । दुईवटा रुट छ । एउटा धरानबाट जादा दन्तकाली र सिद्धकालीलाई गन्तब्य बनाउनुपर्छ । दन्तकालीमा पूजा गरेपछि सिद्धकालीमा पूजा गर्नु पर्ने । सिद्धकालीमा पूजा गरेपछि दन्तकालीमा पूजा गर्नु पर्ने । बिभिन्न ठाउँमा मन्दिर छन् । दन्तकाली बाह्र क्षेत्र हुँदै चैनपुर मनकामनासम्म जोडन सकीने उहाँको दृष्टि छ ।

एउटा खर्चले धेरै पर्यटकीय स्थल अवलोकन गर्न सकीन्छ । एकीकृत रुपमा योजना अगाडी बढाउनु पर्ने उहाँको भनाई छ । ओझेलमा पर्न दिन हुँदैन् । सिद्धकालीको जुन महिमा छ , त्यो महिमाको प्रचारप्रसार हुन सकेको छैन् । सिद्धकालीको जुन स्थिति हो त्यसलाई मिडियाको माध्यमबाट बाहिर ल्याउनु पर्छ । प्रचार प्रसार अझै पुगेन । व्यापकै गर्नु पर्छ । पछिल्लो समय ताप्लेजुङको पाथिभराको जुन प्रचार छ कालिन्चोकको प्रख्यात थिएन अहिले प्रख्यात छ । त्यहि अनुरुप सिद्धकालीलाई त्यहि ढंगले परिभाषित र प्रवद्धन गर्दे जानु पर्छ भन्ने उहाँको धारणा छ । चैनपुरका वालेश्वरलगायत मादि आसपासमा धेरै तीर्थस्थल छन् । हामी जोडन सक्छौ खाँदबारी सम्म । खाँदबारी बस्न मानिसले पाउँछ । पर्यटक लाने भनेपछि खाने बस्ने सुविधा आधारभुत कुरा आवश्यक हुन्छ । त्यसको प्रवन्ध होटलको गर्नु पर्छ । जुन बाटो खोटाङ संखुवासभा भोजपुरसम्म खोटाङ हलेसी हुदै संखुवासभा छिर्ने बाटो आवश्यक छ ।

द्वन्द्वको अवस्थामा चैनपुर छाड्नेहरुलाई पनि फर्काउन सक्ने योजना उहाँसंग छ । गाउँ जाऔं हेरौ भन्ने पनि हुन्छ । बाटो बनि सकेको छ । धरान, बिराटनगर, झापा, ईटहरी बस्ने सबैलाई चैनपुर पु¥याउन सकीन्छ । चैनपुरे करुवा जुन नाम छ त्यसलाई पुनः व्यूझाउनु पर्ने छ । त्यो चैनपुरको आकर्षण हो । पुरानो चैनपुरको झ–झल्को दिने गरी बनाउन सकीन्छ । रिसोर्टहरु होटलहरु थप्न आवश्यक छ । उहाँ आफै पनि रिसोर्ट बनाउन सकीन्छ भन्नेमा हुनुहुन्छ । पर्यटकहरु दुईचार दिन बस्न सक्ने बातावरण बनाउनु पर्ने उहाँको भनाई छ ।सामाजिक दुष्टिकोणले उहाँका दुइवटा कुरा छन् । कृषि । अर्को रिसोर्ट बनाउने सपना । सामाजिक काम जुनसुकै गर्ने । अब चैनपुरसंग बाक्लो सम्बन्ध बनाउने । आफ्नै जिल्लामा केन्द्रीत गर्ने अबको समय ।

उहाँको एउटा इच्छा छ । किरण कुमार श्रेष्ठलाई एकदमै ग्रासरुटबाट दुःख,संघर्ष, मेहनत गरेर यहाँसम्म आईपुगेको र आफू जन्मेको गाउँठाउँलाई सधै मायाँ गर्ने ,सम्झने मान्छेको रुपमा चिन्दिए , बुझि दिए उहाँमा खुशी आउने थियो ।

शनिबार, ९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा