नेपालले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि ३५ प्रकारका औषधि नि:शुल्क प्राप्त गर्ने भएको छ । ग्लोवल इनिसियटिभ फर चाइल्डहुड क्यान्सर(जीआईसीसी)ले विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसंगको सहकार्यमा क्यान्सर ३५ प्रकारका औषधिहरु निशुल्क रुपमा उपलव्ध गराउन लागेको हो ।

यस सम्बन्धी कार्यलाई अघि बढाउन गत २९ र ३० चैतमा अमेरिकाको टेनिसी राज्यस्थित मेम्फिस शहरमा ग्लोबल प्लेटफर्म टू एक्सेस चाइल्डहुड क्यान्सर मेडिसिन (जीपीएसीसीएम) प्रि -लन्च गरिएको थियो । सो कार्यक्रममा भाग लिन नेपालबाट स्वास्थ्य सचिव देवकुमारी गुरागाईँको नेतृत्वमा मन्त्रालय र विभिन्न अस्पतालका निर्देशक सहितको प्रतिनिधिमण्डल अमेरिका पुगेको छ ।

नेपालमा प्रत्येक वर्ष १ हजार ५०० बढी बालबालिकाहरु विभिन्न क्यान्सर रोगबाट ग्रतिस हुने गरेका छन् । त्यसमध्ये धेरै जसोमा रक्त क्यान्सर रहेको पाइन्छ । बालबालिकामा हुने रक्त क्यान्सर समयमै निदान र उपचार गर्न सकेमा ८० प्रतिशत पूर्ण रुपमा निको हुने अनुसन्धानले देखाएको छ । तर नेपालमा समयमै रोगको निदान नहुँदा, स्तरीय उपचारको साथै पूर्ण मात्रामा उपचार नगर्दा, सबै औषधि समयमै नपाउँदा, रोगको उपचारको समयमा विभिन्न स्वास्थ्य समस्याको समयमै व्यवस्थापन नहुँदा धेरै बालबालिकाहरुको ज्यान गइरहेको छ ।

यस्ता समस्यालाई समाधान गर्दै बालबालिकामा देखिने क्यान्सरको समयमै निदान र उपचार गर्ने व्यवस्था मिलाउन जीआईसीसीले यो अभियान सुरु गरको हो । यस अभियानमा जीआईसीसीले सन् २०३० सम्म १० लाख क्यान्सर पिडीत बालबालिकालाई बचाउने र विश्वभरी ६० प्रतिशत क्यान्सर निको गर्ने लक्ष्य लिएको छ ।

यो कार्यक्रमको पहिलो चरणमा जीआईसीसीले नेपाल सहित ६ वटा देशमा ३५ प्रकारका औषधिहरु निशुल्क उपलव्ध गराउने छ । अन्य देशहरुमा जाम्बिया, ईक्वेडर, उजेकिस्तान, जोर्डन र मंगोलिया रहेका छन् । दोस्रो चरणमा अन्य छ वटा देशमा विस्तार गरि सन् २०३० सम्म यो कार्यक्रम ५० देशमा पुरयाउने र १५ लाख क्यान्सर पिडीत बालबालिकाहरुलाई बचाउँने लक्ष्य लिइएको छ ।

जीआईसीसी अन्तरगर्त कान्ति बाल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सर पिडीत बालबालिकाहरु मध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने लक्ष्य सहित ३५ प्रकारका औषधि निशुल्क उपलव्ध गराईने बताइएको छ ।

अमेरिकामा रहेको सचिव गुरागाईँ नेतृत्वको टोलीले निशुल्क औषधि उपलव्ध गराउने कार्ययोजनाका लागि आवश्यक छलफल तथा बैठकमा भाग लिई रहेको बताइएको छ । सचिव गुरागाईँले आगामी यस कार्यक्रमका लागि आगामी जुन महिनामा बालबालिकाको क्यान्सर सम्वन्धी बृहत कार्याशाला गोष्ठीको आयोजना गरिने समेत बताईन् ।

उनले सो कार्यक्रममा औषधि सहयोग गर्ने डब्लुएचओ, सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका प्रतिनिधि सहित यो कार्यक्रम लागू भएका अन्य देशका प्रतिनिधि समेत सहभागी हुने बताईन् ।

मङ्लबार, ५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान