संखुवासभाको भोटखोला क्षेत्र अर्थात भोटखोला गाउँपालिका बिकासको दृष्टिकोणले पछाडी छ । धेरै सरकार आए गए । तर, अहँ भोटखोलाको बिकासले खासै फड्को मार्न सकेन् । संघ, प्रदेश र स्थानीय सरकार बनेको छ । स्थानीय सरकारको एक कार्यकाल भोटखोला गाउँपालिकाले भोगि सकेको र अहिले दोस्रो कार्याकालमा भोटखोला गाउँपालिकाको अध्यक्षमा म वाङछेदर भोटे छु ।
सबै दृष्टिकोणले भोटखोला अब्बल छ । चिनसंग सिमाना जोडिएको किम्माथांका नाका भोटखोला गाउपालिकामा पर्दछ । तर, यो नाका लामो समयदेखि बन्द हुँदा भोटखोलाबासीले धेरै दुःख पाएकाछन् । खाद्यान्न लत्ता कपडा यहि नाकाबाट आउथ्यो । त्यो हुँदा यहाँको जनजीवन थोरै भए पनि सहज नै थियो भन्नु पर्छ । तर, यो नाका बन्द भएको धेरै भयो । नाका बन्द हुँदा यहाँका बासिन्दाको दैनिकी अलिक असहज भएको छ । खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु किनमेल गर्न असहज भएको छ । दैनिक उपभोग्य बस्तु किन्न चारपाँचदिन लगाए सदरमुकाम खाँदबारी झर्नु पर्ने बाध्यता छ । आउँदा र फीर्दा नै दुई हप्ता बित्दा यहाँको जनजिवन त प्रभावित नै भएको छ ।
म आफू यस भोटखोला गाउँपालिकाको अध्यक्ष भए पछि मैले यो बन्द रहेको नाका खुलाउन बारम्बार पहल गरीरहेको छु । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत भेटर यहाँको दुखेसो व्यक्त गरी सकेको छु । यो नाका खुल्दा आउने जाने सहज र सामान लेनदेन गर्न सहज हुने थियो । भोटखोला क्षेत्रको विकास गर्न त्यति सहज चाही रैनछ । सबै भन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन । कर्मचारी व्यवस्थापन गर्न नसक्दा गाउँपालिकाको नीति निर्माण र जनताको काम गर्न अप्ठ्यारो परेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्वास्थ्यमा काम गर्ने एकजना कर्मचारीले काम चलाउनु परेको छ । बारम्बार केन्द्रमा ताकेता गर्दा समेत भोटखोला दुर्गममा कोहि जान मान्दैनन् भने जवाफ पाईन्छ । आफू पदमा हुनु र बाहिर बसेर कराउनुमा फरक हुने रहेछ ।
आफू ड्राईभर भएर गाडी चलाउनु र बाहिर बसेर राम्रो संग चला भनेर अराउनुमा धेरै फरक रहेछ । एक्लैले स्थानीय सरकारका सबै सेक्टर समेट्नु पर्दा समस्या अर्थात सोचेजति काम हुन सकेको छैन् । पहिलो बजेट कसरी आयो पत्तो पाईएन् । अनुभव बिनै आयो । अब आउने २०७९÷८० को बजेट फरक ढंगले र बिकासलाई प्राथमिकता दिएर बनाईने छ । तीन चारवटा योजना अगाडी बढाएको छु । साना तिना योजना त धेरै नै छन् । बरुणधाम विकास क्षेत्र समिति वरुणको धार्मिक तथा पर्यटकीय विकास गर्ने उद्धेश्यले यसले काम गर्ने छ । यो हिन्दू र बौद्ध धर्मवालम्बिो संगम स्थल हुने छ । यो एउटा धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुने छ । त्यो मेरो चाहना हो । अर्को भनेको च्यामताङ र रीदाक जोड्ने पुल बनाउनु पर्ने महत्वपूर्ण योजना छ । तर, सर्भे गरी सके पनि अहिले बनाउन प्राविधिक समस्या भएकाले पछाडि अर्थात मेरै कार्यकालमा बनाउने योजना छ । यो झण्डै १३ सय मिटर अग्लो छ । यो पुल बनाउन म प्रदेश र संघको ध्यान केन्द्रीत गर्ने छु ।
शिक्षा मेरो प्राथमिकतामा परेको छ । भोटखोलामा रहेका कृष्ण माध्यमिक बिद्यालय र अरुणोदय माध्यमिक बिद्याललयलाई परिस्कृत गर्दे जाने । कृष्ण माध्यमिकमा कम्प्युटर र अरुणोदयमा बालिबिज्ञान पढाई हुन्छ । भोटखोला क्षेत्रका रहेका २३ वटा बिद्यालय मध्य यहाँ छात्रावासको व्यवस्थापन र आवासको व्यवस्थापन गरेर व्यवस्थित गर्ने सोच छ । छात्रावासको डिपीआर फाईनल छ । संघ र प्रदेशमा बजेटको माग गरेर यो पुरा गर्ने लक्ष्य छ । प्रत्येक वडामा आधारभुत स्वास्थ्य पु¥याउने योजना भोटखोला गाउँपालिकाको छ । गोलाको स्वास्थ्य केन्द्रमा ल्याव शुरु भईसकेको छ । हटियामा पाँच शैयाको हस्पिटल बन्दै छ । सिटामोल नपाएर मर्ने अवस्था नहोस भनेर स्वास्थ्यमा ध्यान दिएका छौ ।
अर्को कुरा पुरानो रैथाने बाली संरक्षणमा हाम्रो जोड रहेको छ । रैथाने बालीको अध्ययन गर्न बिज्ञ टोली लागि रहेको छ । आगामी एक बर्षभित्र कृषकलाई चाहिने आमा समुहलाई कृषिमा लगाउने गरी आमसमुह मैत्री कृषि प्रणाली बिकास गरीने छ । आमासमुह र कृषकले उत्पादन गरेको अन्नबाली गाउँपालिकाले बजारको व्यवस्थापन गरीदिने छ अर्थात खरीद गरीदिने छ । हामी रैथानेबालीलाई बिराटनगर, इटहरी, झापा र काठमाडौका ठुला शहरमा पठाउँछौ । कृषकको गोजिमा सिधै पैसा हाल्ने व्यवस्था मिलाउछौ ।
हाईड्रोपावरको हवको रुपमा रहेको भोटखोलालाई पर्यटकीय हव बनाउने लक्ष्य लिएको छु । थुदाममा मानव पाईला नपरेको भर्जिन एरीया छ । याङ्ले जाने यति ट्रेल छ । रुट बनाउन सकीएको छैन् । हटीयामा तातो पानी, पोप्टी भञ्ज्याङ त्यतिकै प्रख्यात छ । आन्तरिक र बाह्य पर्यटक प्रर्वद्धन गर्न सकीन्छ । तर, निशेधित क्षेत्र भएकाले बाह्य पर्यटन भित्र्याउन समस्या छ । मेरै दुईतिन बर्षे कार्यकालमा पर्यटन क्षेत्रको बिकास गर्ने छु । सडकको कुरा गर्ने हो भने उत्तर दक्षिण कोशी सडक छ । किम्माथांका पुग्ने बाटो संखेभिर जुन अप्ठ्यारो छ त्यो खोल्ने काम भएको छ । ट्राक ओपन हुँदै छ । लगभग चारबर्षभित्र किमाथांकामा सडक पुग्छ । तर, चीन तिरको नाका खुले एक बर्षभित्र नै सडक बन्ने सम्भावना पनि छ । तर, यसकालागि संघीय सरकारको स्थायीत्व हुनु पर्दछ । चाडै भोटखोला गाउँपालिकाले फड्को मार्ने थियो ।
अहिले खाँदबारीबाट गोलाबजार ओर्लिएर किम्माथांका पुग्न दुईदिन हिड्नु पर्छ । यसको अन्त्य भयो भने सबै कुरा सहज हुने थियो । गाउँपालिकाले यता तिर आफ्नो ध्यान केन्द्रीत गरी रहेको छ । ०८१÷०८२ मा आर्थिक स्रोत सवलीकरणको लागि अन्तराष्ट्रिय दाता सम्मेलन गर्ने छु । मैले यो पहिला पनि भनी सकेको छु । यसमा मिडियाको भूमिका मैले खोजेको छु । अबको बजेटमा मिडियाकालागि बजेटको व्यवस्थापन हुने छ । यो बर्ष बजेट आउँछ त्यस क्षेत्रको बिकासकालागि मिडियाको भूमिका मैले देखेकाले बजेट बिनियोजन गर्न वाचा पनि गर्दछु ।
भोटखोला क्षेत्र घुम्न धेरै मानिस लालयित भएको पाए । बिद्यार्थी अध्ययन गर्नकोलागि भोटखोला पुग्न खोज्छन । जडिबुटीको अध्ययन गर्न बिज्ञटोली भोटखोला पुग्न खोज्छन् । त्यसमा हामीले सडकलाई प्राथमिकता राख्नु पर्दछ । अहिले इन्टरनेटको पहुँचमा पु¥याउने काम हुँदै छ । सबैवडामा कम्तिमा आउने बर्षभित्र इन्टरनेत पु¥याउनकोलागि पहल भईरहेको छ । तर, भोटखोलाको समस्या केन्द्र र प्रदेशबाटै कर्मचारी जान नमान्दा समस्या देखिएको छ । सोचेजति काम गर्न सकीएको छैन् । केन्द्रमा धेरै पटक हारगुहार गरेपनि आफ्नो नेपालको भुगोलभित्र कर्मचारी जान नमान्दा समस्या भएको छ । अझै पनि पहल भईरहेको छ ।
अहिले पनि भोटखोलाको जीवनस्तर वडा नम्बर–४ र ५ मा केहि सुध्रिए पनि १,२,३ वडाहरु उस्तै छन् । अहिले पनि भोटखोलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउन सकेको छैन् । साँस्कृतिक रुपमा भोटखोलाबासी धनि छन् । आफ्नै संस्कृति र सभ्यता छ । बिस्तारै पहिलेका संस्कारहरुमा परिवर्तन आउँदै छ । बिहे,मृत्यु संस्कारलगायत अन्य संस्कारमा समय अनुसार परिर्वतन आउदैछ । संस्कृति बचाउने जिम्मेवारी हाम्रो हो । सबै मिलेर बस्ने यो क्षेत्रको बसोबास गज्जबको रहेको छ ।
विकास गर्न सजिलो छ । यो क्षेत्रमा सामाजिक परिर्वतन घरहरु पहिले चित्रा र काठले छाएका हुन्थे तर, अहिले टिनले सबैका घर टल्कीएकाछन् । मुख्य गरेर हाईड्रोको राजधानी भएका कारण यसको मुहार फेरीन अब दश बर्षपनि लाग्दैन् । भोटखोला टप टेनमा आउँछ । त्यसैले म भन्न सक्छु भोटखोलाको भविश्य सुन्दर छ । बिगतमा भोटखोलाले धेरै दुःख बिसायो अब त्यो दुःख दुर भएर जाने छ । यहाँका भोटखोलाबासी सुखी हुनेछन् । त्यो बिश्वास दिलाउन चाहन्छु । र यस क्षेत्रको बिकास सबैको एकीकृत हातेमालोबाट मात्र सम्भव हुने भएकाले सबैसंग सहकार्य र एकताबाट अगाडी बढ्ने र बढ्न पनि म आह्वान गर्न चाहन्छु । कीनकी भोटखोलाको भविश्य हाम्र्रै हातमा छ । दिन राम्र्रै आउदैछन भन्ने लागेको छ । चाडै मिसन भोटखोला अभियान पनि सुरु हुने छ ।
(वाङछेदर भोटे, अध्यक्ष, भोटखोला गाउँपालिका)