दैलेखमा एक हजार तीन सय बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित पाँच दिने हार्डजोर्नी तथा नसा रोग शिविरमा बिरामीहरूले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् ।

मिड सोलुसन फाउन्डेशन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार २ सय ३१ जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले बताउनुभयो । उहाँका अनसार ७५ जना हाडजोर्नी सम्बन्धी बिरामीको सफल शल्यक्रिया गरिएको छ । हड्डी भाँच्चिएको, हड्डी भाँच्चिएर रड राखेर बिग्रीएको, हातखुट्टा बाँगिएको जस्ता जटिल स्वास्थ्य समस्या झेलिरहेका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको डा.रेग्मीले बताउनुभयो ।

भाँच्चिएको हड्डीमा राखिएको रड आर्थिक अभावमा निकाल्न नसकेर लामो समयदेखि कष्टकर जीवनयापन गरिरहेका बिरामीहरू शिविरमा सेवा पाएपछि खुसी भएका छन् । शिविरमा दैलेखसहित अछाम, कालिकोट, जाजरकोटलगायतका जिल्लाका बिरामीहरूले निशुल्क उपचार पाएको छन् । हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेका,आर्थिक अभावमा काठमाडौंसम्म गएर उपचार गर्न नसकेर थला परेका बिरामीहरूलाई लक्षित गरेर निशुल्क शिविर आयोजना गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताउनुभयो ।

शिविरमा हातखुट्टा भाँच्चिएको,बांगिएको र नसा सम्बन्धी रोगको उपचारका लागि विदेशीसहित नेपाली विशेषज्ञ चिकित्सकको टोली दैलेख आएको थियो । स्विट्जरल्याण्ड डा।क्याट्रिन हेगनको नेतृत्वमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीसहित १६ जना विशेषज्ञ चिकित्सकहरुले उपचार सेवा प्रदान गरेका हुन् । यहाँ उपचार हुन नसकेका बिरामीहरुको काठमाडौंमा शल्यक्रिया गरिने बताइएको छ ।

 

बुधबार, १ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे