श्रीकुन्तादेवी मेडी क्लिनिक प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय पचाँसजनाको निःशुल्क स्वास्थ्य परिक्षण गरीएको छ ।

शनिवार बिहानदेखि सञ्चालन भएको शिविरमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको बेलुकीसम्म भिड लागेको थियो । थाइराईड, सुगर, ब्लडप्रेसरको परिक्षण गरी एक महिनासम्मको लागि निःशुल्क औषधि बितरण गरीएको श्रीकुन्तादेवी मेडी क्लिनिकका सञ्चालक कुमार थापाले जानकारी दिनुभयो ।

२३ जनाको भिडीयो एक्सरे सेवा, ३६ जनाको ईसीजी सेवा प्याथोलोजी र अन्य स्त्री रोगकोसमेत परिक्षण गरी परामर्श दिएको वरिष्ठ फिजिसियन तथा मधुमेह, थाईराईड विशेषज्ञ डा. राजेन्द्र भण्डारीले बताउनुभयो । जनरल फिजिसियन डा. आर्यान दाहालले आर्थिक रुपले बिपन्न महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधि प्रदान गरेको बताउनुभयो ।

सामाजिक सेवामा समर्पित सञ्चालक थापाले भने आगामी दिनमासमेत निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरीने जानकारी दिनुभयो । उहाँले क्विष्ट फर्मासिटीबाट आवश्यक मेडिसीन उपलब्ध गराएको पनि बताउनुभयो ।

काठमाडौको घट्टेकुलोमा सञ्चालित निःशुल्क शिविरमा डिल्लीबजार, अनामनगर, ज्ञानेश्वरका बिरामीहरुले स्वास्थ्य परिक्षण गराएर सेवा लिएका थिए ।

 

आइतवार, २८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान