वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा आएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।

ल्याबको उद्घाटनपछि आफ्नो धारणा राख्नुहुँदै मन्त्री गिरीले स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पुर्‍याउने गरी मिलेर काम गर्ने जिकिर गर्नुभयो ।

राजयमन्त्री कार्कीले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च मनोवल साथ काम गर्न आग्रह गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा.भुपेन्द्र बस्नेतले अब मुटुका बिरामीको उपचार अस्पतालमै गर्न सकिने बताउनुभयो ।

वीर अस्पतामा दैनिक दुई सयका हाहारीमा मुटुका बिरामी अस्पतालमा आउने र ५० जनालाई क्याथल्याबको आवश्यक पर्ने जिकिर गर्नुभयो ।

त्यस्तै, बस्नेतले अस्पतालमा आवश्यक जनशक्ति र आवश्यक उपकरण थप्न गर्न अनुरोध गर्नुभयो । प्रतिष्ठानका उपकुलपति डा. देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा ल्याएको बताउनुभयो ।

बिहिबार, ५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान