सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फाउन्डेसन फर इन्टरनेश्नल डेब्लोमेन्ट पब्लिक रिलिफ काठमाडौंले पालिकाका ६ वटा स्वास्थ्य संस्थाहरूलाई करिब १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको हो ।

उक्त जापानिज संस्थाले वडा नम्बर १, ४ र ५ को प्रत्येक स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ, वडा नम्बर ३ मा रहेको २ वटा स्वास्थ्य चौकीलाई २ लाख ५० हजार रुपैयाँ र वडा नम्बर २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार वितरण गरिएको सामग्रीहरूमा रिफ्रेजेरेटर, हाईटस्केल, वेटस्केल, साल्टर स्केल, गुल्कोमिटर, डिजिटल थर्मोमिटर, माईकोक्रोस्कोप, बेवी वारमर, वासिङ मेसिन, विपि सेट, डेन्टल सेट, ग्लोब्स लगायतका रहेका छन् ।

गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, स्वास्थ्य शाखा प्रमुख, वडाध्यक्षहरू लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

बिहिबार, २१ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान