पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

याङवरक गाउँपालिका तथा नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा संचालित उक्त शिविरबाट ५ सय ३० जना सेवाग्राही लाभान्वित भएका हुन् ।

जस अन्तर्गत २ सय ४७ जना महिला र २ सय ८३ जना पुरुष रहेका छन् । ३६ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको थियो भने ३ सय ८ जनाको स्वास्थ्य चेक जाँच तथा औषधि वितरण गरिएको थियो ।

त्यस्तै १ सय ८६ जनालाई चश्मा वितरण गरिएको गाउँपालिकाका न्यायिक समिति उजुरी फाँटका प्रमुख गणेश खतिवडाले बताउनुभयो ।

पालिकाको केन्द्र थर्पु स्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा शिविर यहि पुस १७ गतेदेखि १८ गतेसम्म संचालन भएको थियो ।

आँखाको उपचारका लागि तराईका सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने जसका कारण यस क्षेत्रका नागरिकहरुलाई समस्या हुने भएको हुँदा गाउँघरमै आँखा शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले बताउनुभयो ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि पाँचथरको याङवरकसहित हिलिहाङ र फालेलुङ तथा ताप्लेजुङका सिरिजंगा र सिदिङमा गाउँपालिकाका बिरामी प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङबोले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य भवनमा संचालन भइरहेको शिविर पश्चात पनि आँखा उपचार केन्द्रमा एक जना नेत्र सहायकसहित २ जना कर्मचारीले नियमित आँखा जाँच र उपचारको सेवा दिने गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिनुभयो ।

 

 

बुधबार, २० पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !