Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।
आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिने बताउनुभयो।
प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। ‘प्रधानमन्त्रीले भन्नुभयो हामीले निकै मेहेनत गरेर नयाँ संविधान जारी गरेका छौँ। संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको छ। संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिवद्ध गरिएको छ। तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ। नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेश गर्ने प्रक्रियामा छ। तपाईंहरूसमक्ष म यो विश्वास दिलाउन चाहन्छु।’