स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षमुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्ता गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइनेछ।

यस्तै, एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उहाँले बताउनुभयो।

उहाँका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउनेछन्।

मङ्लबार, १२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा