जाजरकोटको नलगाड नगरपालिकाले मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको छ।

नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी जाजरकोटको सहजीकरण र नलगाड नगरपालिकाको आयोजनामा दल्लीमा भएको दुई दिने मोतीबिन्दु शल्यक्रिया शिविरबाट ५० महिला र ४४ पुरुष गरी ९४ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिइन्।

शुक्रबारदेखि सुरु भएर आइतबार बिहानसम्म शिविरमा ५ सय ५५ जनाको आँखा परीक्षण गरिएको थियो। शिविरमा औषधि र चश्मा पनि वितरण गरिएको थियो। नलगाड नगरपालिकाले प्रत्येक वर्ष विभिन्न दातृ निकायहरूसंगको समन्वयमा आँखा, कान, घाँटी, नाक, महिलाहरूको पाठेघर खस्ने समस्या सम्बन्धीको विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताए।

हाल सम्पन्न गरिएको मोतीबिन्दु शल्यक्रिया शिविरबाट धेरै विपन्न र जेष्ठ नागरिकले सेवा पाएको नगर प्रमुख रावतको भनाइ रहेको छ।

मोतीबिन्दुको शल्यक्रिया गरेका ज्येष्ठ नागरिकहरूले आफूहरूले पुनर्जीवन भएको बताएका छन्।

मङ्लबार, १२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा