खुला सीमा रहेको छिमेकी मुलुक भारतमै कोभिड– १९ को सबभेरियन्ट बिएफ ७ देखिएसँगै स्वास्थ्य र गृह मन्त्रालयले भिडभाड नगर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य गर्न आग्रह गरेका छन् ।

दुवै मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै सजगता अपनाउन आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले क्रिसमस र अंग्रेजी नयाँ वर्षमा भिडभाड हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्दै साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेका छन् ।

मन्त्रालयले कोभिडको रोकथाम तथा पहिचानका लागि सीमानाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत जनाएको छ । पजिटिभ देखिएका एवं लक्षण देखिएका व्यक्तिलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार होम आइसोलेसन र अस्पताल भर्ना गरी उपचार गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, गृह मन्त्रालयले पनि नयाँ भेरियन्टको जोखिम निम्तिन सक्ने भएकाले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजर प्रयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति नै जारी गरेर ‘एक–अर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन’समेत अनुरोध गरेका छन् ।

छिमेकी राष्ट्र चीन र भारत तथा जापान, दक्षिण कोरियालगायत राष्ट्रमा कोभिडको नयाँ सबभेरियन्ट बिएफ ७ संक्रमण दिनदिनै बढिरहेको छ । यो भेरियन्ट छोटो समयमै धेरै व्यक्तिमा फैलिएको छ । तर, हालसम्म नेपालमा भने पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्लबार, १२ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान