स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।

छिमेकी देशहरूमा कोभिड(१९ को नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले जोखिमलाई मध्यनजर गर्दै उक्त आग्रह गरेको हो। अहिले इसाई धर्मालम्बीले मनाउने क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको छ।

यसको विद्यमान अवस्थालाई मध्यनजर गर्दै कोभिड(१९ को संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने वा सेनिटाइजर नियमित प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन साथै कोभिड १९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहनु भएका जनसमुदायहरुले स्थानिय स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरी भ्याक्सिन लगाउन मन्त्रालयले अपिल गरेको हो।

खुला सिमाना एवम् मानिसहरूको आवतजावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवम् नियन्त्रणका लागि सचेत हुन जरुरी रहेको प्रवक्ता डा. संजयकुमार ठाकुरले बताउनुभयो ।

शनिबार, ९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा