सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलान्यास गरिएको हो । हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलमा आज गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै अध्यक्ष शेर्पाले अब हेलम्बुका नागरिकको स्वास्थ्य उपचार हेलम्बुमै हुने दाबी गर्नुभयो ।

उहाँले सामान्य बिरामी पर्दा समेत अन्यत्र जानुपर्ने समस्याको अब छिट्टै अन्त्य हुनेभन्दै हेलम्बु गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्न लागेकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले दिन र रात गरि २ सिफ्टमा काम गरि निर्धारित समय अगावै काम सक्न समेत निमार्ण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले निमार्णको चरणमा हुने जति पनि समस्या समाधान गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्दै समयभन्दा अगाडि नै निमार्ण सम्पन्न हुनेमा विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष शेर्पाले सम्पुर्ण जग्गादाता लाई धन्यवाद ब्यक्त गर्नुभयो ।

बहुबर्षीय योजना अन्तर्गत १८ करोड लागतमा १८ महिनामा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । न्यु ड्राइगन निमार्ण सेवा प्रालिले ठेक्का पाएको अस्पतालको समयमै काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने कुरामा आफु प्रतिबद्ध रहेको गाउँपालिका ठेकेदार अमर दोङले बताउनुभयो ।

राजधानीकै अस्पतालमा उपचार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयहरू आफ्नै ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुने भएपछि खुसी भएका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले १५ शय्याको अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक ९एमडी० रहने गरी देशभर एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान सुरु गरेको थियो ।

बिहिबार, २९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान