शान्ति श्रेष्ठ
मुलुक समृद्धिको यात्रामा छ । आर्थिक समृद्धि बिना मुलुकको बिकास सम्भव छैन् । सरकार र नेतृत्वले समृद्धिको नारा दिएको छ । तर, व्यवहारमा नारालाई सार्थक बनाउने कुनै दिर्घकालिन योजना छैन् । गत मंसिर–४ गते सम्पन्न निर्वाचनमा पनि नेतृत्वले यहि समृद्धिको नारालाई चुनावी एजेण्डा बनाएर जनतासमक्ष मत माग्न घर–घर पुगे । तर, यसो हेर्दा यो नारा चुनावको नतिजा आउँदासम्म फिक्का देखिन्छ । त्यसको एउटै कारण हो, यो निर्वाचनमा पनि अधिकांश पुरानै नेतृत्व निर्वाचित भएर आएकाछन् । जसको कुनै नयाँ भिजन र दृष्टिकोण छै्रन् । पैतीस बर्षदेखि निरन्तर पुरानै एजेण्डा र ढर्रामा निर्वाचन जित्दै आएका नेताहरुले कुनै नयाँ एजेण्डा ल्याउलान भन्ने बिश्वास गर्न सकीदैन् । उनीहरुले पनि समृद्धिको नारा त दिएकाछन् तर अहँ ति योजना सार्थक बनाउने दृष्टिकोण छैन । मात्र नाराका लागि नारा दिएका मात्र छन् । तर, यसो भन्दैमा निराश भई हाल्न पर्ने अवस्था छैन् । अहिलेको निर्वाचनले केहि उर्जावान युवाहरुलाई समेत नेतृत्वमा आउने अवसर दिएको छ । यसले नेपाली समाजमा एउटा पाठ त सिकाएको छ नै । मुलुकमा साँच्चै परिर्वतन गर्ने हो भने, युवा नेतृत्व आवश्यक छ । हामीले अन्य मुलुकको उदाहरण हे¥यौ भने पनि त्यो अनुभुति लिन सकिन्छ । युवालाई मुलुक निर्माणको जिम्मा दिनु पर्छ भन्ने मान्यतामा अहिले विश्वका मुलुकहरु एकमत जस्तो देखिन्छन् । यो आवश्यकता हाम्रो जस्तो बिकासोन्मुख मुलुकको पनि आवश्यकता हो । नेपालको कुरा गर्दा पछिल्लो समय अन्य प्राफेशनमा लागेका युवा र व्यवसायीहरुसमेत राजनीतिमा आकर्षित भएको पाईन्छ । कारण हो, पुरानै शैली र उमेर पुगेका नेतृत्वबाट मुलक अगाडी बढ्न सक्दैन भन्ने नै हो । त्यस्तो नेतृत्वलाई स–सम्मान बिदाई गरेर गतिशिल युवाहरुको नेतृत्वमा मुलुक सञ्चालन हुनु पर्छ भन्ने हो । यो व्यवहारत प्रशंसा योग्य छ । अहिले राजनीतिमा युवा नेतृत्व मध्य पनि रवि लामिछानेको चर्चा छ । लामिछाने बाहेक बालेन साह, हर्क राई र स्वतन्त्र युवा नेतृत्व पनि अगाडी छन् । साँच्चै उनीहरु नेपालको विकासकोलागि केहि गरौ भनेर नै आएकाछन् । उनीहरुले पनि आर्थिक समृद्धिको नारा दिएकाछन् । तर, पुरानै परिपाटी र कानुनमा नेपालको प्रशासन सञ्चालन भएका कारण नयाँ दृष्टिकोण बोकेका युवाहरुको भिजनलाई पुराना नेताहरुले स्वीकार्न सकेको देखिदैन् । केहि गर्नको लागि कानुनी बाधा अड्चनले उनीहरुलाई अगाडी बढ्नबाट रोकेको देखिन्छ । केहि व्यक्तिहरुसमेत अहिले यस्ता उर्जावान युवा नेतृत्वमाथि बिभिन्न लान्छाना लगाउदै कानुनको लगाम लगाउन थालेकाछन् । एकपछि अर्को आरोप लगाउदै उनीहरुलाई सकृय हुनबाट रोक्न खोजिदै छ । जनताको बढी भन्दा बढी मतले स्थापित भएका लामिछानेलाई अहिले नागरिकताको केश लगाएर उन्लाई फगत गलत ढंगले फसाउन खोजिदै छ । के म भ्रष्टाचार गर्दिन र ग¥न दिन्न भन्नु अपराध हो ? मुलुकमा सुशासन आवश्यक छ भन्नु अपराध हो ? निमुखा र गरिवको पहुँचमा न्यायको पहुँच पु¥याउछु भन्नु अपराध हो । जनताको सेवा सुविधालाई चुस्त दुरुस्त राख्छु भन्नु अपराध हो ? आज म नेपाल बाहिर बसेर पनि यस्ता यावत प्रश्नहरु मेरो मनमा आउँछन् । नयाँ नेपाल निर्माण र आर्थिक समृद्धिकोलागि चालिसौ बर्षदेखिको पुरानो शैली अब नबदली सम्भव छैन् । त्यसकालागि युवा नेताहरुको भिजन आवश्यक छ । युवा नेतृत्वको समृद्ध मुलुक बनाउने सपनालाई आत्मसाथ गर्दे उनीहरुको दृष्टिकोणलाई नेपाली जनताले बिरोध हैन, साथ दिनु आवश्यक देखिन्छ । नानाथरी लान्छाना लगाएर यस्तो उर्जावान नेतृव्वलाई पाखा लगाईदा समृद्ध मुलुकको सपना पनि पाखा लाग्ने देखिन्छ । यता तर्फ सबैको ध्यान जानु आवश्यक छ । नेपालको प्रशासन यन्त्रमा हुने ढीला सुस्ति, कागजी झन्झट र बैदेशीक लगानी भित्र्याउनकोलागि युवा नेतृत्वको पनि ध्यान जानु पर्ने देखिन्छ । अहिलेको राजनीतिक दल र परिपाटी नै समृद्धिको बाधक बनेको देखिन्छ । राजनीतिमा हुने भागबण्डा का कारण र नेता, कार्यकर्ताको चित्त बुझाउनु पर्ने कारण पनि परिर्वतन सम्भव देखिएको छैन् । यसकालागि पुराना कुरालाई बिस्थापित गर्दे नयाँ दृष्टिकोणबाट मुुलुकलाई अगाडी बढाउनु पर्ने देखिन्छ । देशका लागि केहि गरौ भन्ने युवाहरुलाई बिचार र आश्थाको आधारमा लान्छाना लगाउनु किमार्थ राम्रो हैन । यसले अन्ततः मुलुक र तपाँई हामीलाई पछाडी धकेली रहेको हुन्छ । बिकासको बाधक हाम्रै व्यवहार र हामी नै त बनि रहेका छैनौ ? अब गम्भिर रुपले सोच्न ढीला गर्नु हुन्न् । पुरानो नेतृत्वलाई सम्मान गर्दे नयाँ बिचारलाई स्थापित गर्न र मुलुकलाई यो अवस्थाबाट अगाडी बढाउँन सबैको भूमिका छ । त्यसैले आर्थिक समृद्धि र विकासकालागि बैचारिक बहस गरौ तर, दल र आस्थाबाट माथि उठौ । स्वतन्त्रको नाममा हुने बिभेद पनि देखिन्छ । त्यसलाई पनि चिर्नु आवश्यक छ । किन भने स्वतन्त्रले के गर्न सक्छ ? कुनै योजना कार्यान्वयन गर्न सक्दैन ? लगायतका प्रश्न ते¥साईछ । यस्ता तर्कले मुलुकलाई नयाँ ढंगबाट अगाडी बढ्नबाट रोक्छ । त्यसैले मुलुकको आर्थिक समृद्धि र बिकासलाई स्वार्थ रहित भरिभाषाबाट बिश्लेषण गरीनु पर्छ । हेरिनु पर्छ । र मात्र परिवर्तन सम्भव छ । नत्र, एक आपसमा लान्छना लगाएर समय बर्वाद गर्नु बाहेक हामी हामीले तय गरेको गन्त्ब्यमा पुग्न सक्दैनौ । त्यसैले हामीले अन्य राष्ट्रको विकास अबधारणा, नेतृत्व र कार्यशैलीको सिको गर्दे अगडी बढ्नु आवश्यक छ ।
श्रेष्ठ, संखुवासभा कम्युनिटी अफ युएसएको अध्यक्ष हुनुहुन्छ ।

आइतवार, २५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !