सम्पुर्ण नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनश्चिति गर्ने उद्देश्यले अर्घाखाँचीमा २०७४ सालदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा कार्यक्रमले अपेक्षित सेवा प्रवाह गर्न सकेको छैन ।

दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको अर्घाखाँची जिल्लामा बिमा कार्यक्रम लागु भएको पाँच बर्ष बितिसक्दा करिब ३६ प्रतिशतले मात्र यो सुविधा प्राप्त गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष ३४ हजार नौसय ५६ जना र महिला ३७ हजार चारसय ५१ जना गरि जम्मा ७२ हजार ४ सय ७ जना बीमा योजनामा समावेश भएका हुन्। ।

निःशुल्क तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने हेतुले बिमा कार्यक्रम लागु भएको भएपनि अर्घाखाँचीमा भने प्रभावकारी हुन सकेन ।

चालु आर्थिक वर्षमा ५० प्रतिशतमा यो सेवा बिस्तार गर्ने लक्ष्य रहेको भएपनि लक्ष्यमा पुग्न समस्या रहेको दर्ता अधिकारी थापाले बताउनुभयो ।

बिमा कार्यक्रमको महत्त्व सर्वसाधारणमा पुर्‍याउन नसक्नु, बिमितले सेवा लिँदा ढिलासुस्ती हुनु, तोकिएको सेवा नपाउन स्वास्थ्य संस्थामा बिमा कार्ड लिएर आएकोलाई हेर्ने दृष्टिकोण नै फरक भएकाले पनि स्वास्थ्य बिमा प्रति स्थानीयको चासो कम भएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी गराउनुभयो ।

स्वास्थ्य बीमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सयमा स्वास्थ्य बिमा गराउन सक्नेछन् । बिमा बापत रु १ लाख बराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ ।

जिल्लामा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र आँखा उपचार केन्द्र सन्धिखर्कमा बिमाबाट स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी थापाले जानकारी दिनुभयो ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,अति गरिब, पूर्ण अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोगीका लागि निःशुल्क तथा स्वास्थ्य स्वयंसेविकाको लागि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा हुने व्यवस्था रहेको छ ।

शुक्रबार, २३ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान