नेपालमा पाँच वर्षको अवधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो ।

सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा प्रतिएक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।

पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै

यस्तै सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको पाँच महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो । सन् २०११ को सर्वेक्षणमा ७० प्रतिशत, सन् २००६ को सर्वेक्षणमा ५३ प्रतिशत, सन् २००१ को सर्वेक्षणमा ६८ प्रतिशत र सन् १९९६ को सर्वेक्षणमा ७५ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका थिए तर अहिलेको सर्वेक्षणमा विगतभन्दा १० प्रतिशतले महिलाले कम स्तनपान गराएको पाइएको छ ।

पुड्कोपनमा सुधार

यस्तै नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा ११ प्रतिशले कमी आएको छ । सर्वेक्षणअनुसार पुड्कोपना बालबालिकामा हुने झरेर २५ प्रतिशतमा आएको छ । जबकी पाँच वर्षअघि ९सन् २०१६० को यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको उल्लेख गरेको छ ।

विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०११ मा ४१ प्रतिशत सन् २००६ मा ४९ प्रतिशत, सन् २००१ र १९९६ मा समान ५७÷५७ प्रतिशत रहेको छ । नेपालमा गरिएको सर्वेक्षणमा बालबालिका हुने पुड्कोपनमा क्रमशः घट्दै गएको देखिन्छ । सबैभन्दा धेरै पुड्का बालबालिका कर्णाली प्रदेशमा रहेका छन् । कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । पाँच वर्षअघि कर्णालीका ५४।५ प्रतिशतमा पुड्कोपन रहेको थियो ।

 

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे