संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ। यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरुका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन्।

उनले यहाँका पाँच लाखभन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताएका छन्। उनीहरुका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरुसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए।

विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यसवर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण समेत नागरिकहरु प्रभावित भएकाले उनीहरुलाई अहिलेका लागि खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए।

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान