Trending
काठमाडौँ – स्वास्थ्य मन्त्रालय र नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसियसनको सहकार्यमा काठमाडौँका बिभिन्न स्थानमा निःशुल्क दन्त परिक्षण गरी औषधि बितरण गरीएको छ । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा मुख र दाँत सफा राख्ने उपायको बारेमा चेतना बिस्तार गर्नुको साथै प्रशिक्षणसमेत दिइएको थियो ।
काठमाडौँको बसुन्धारा चोक, नयाँ बसपार्क, कलंकी, नयाँ बानेश्वर, माईतिघरमा उनीहरुले हरेक दिन खाना खाईसकेपछि बिहान र बेलुकी दाँत ब्रस गर्ने तरीका र मुख स्वस्थ राख्ने उपायको बारेमा प्रशिक्षण दिइएको थियो । त्यसैगरी निःशुल्क रुपमा ७ सय भन्दा बढीलाई टुथपेष्ट, ब्रस बितरण गरीएको नेपाल डेन्टल साईन्स हाईजिनिष्ट एशोसियसनका प्रकाश गौतमले जानकारी दिनुभयो ।
युनिभर्सल डेन्टल क्लिनिकका दन्त चिकित्सकसमेत रहेका गौतमले दाँत र मुख सफा हुन नदिने मुल सत्रु भनेको सूर्ती र चिनी भएको बताउनुभयो । खैनी सेवन, धुम्रपान, पान गुट्खा, सुपारी, चकलेटले पनि मुख स्वास्थ्यमा असर गर्ने बताउनुभयो ।
मुखसम्बन्धि रोगले बिश्वमा ३ अर्व ५० करोड मानिसलाई असर गर्ने देखिएको छ । मानिसलाई आफ्नो स्वास्थ्य सामाजिक र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छता अभ्यासका लागि प्रोत्साहन गर्न अभियान सुरु गरेको मन्त्रालयले जनाएको छ ।
हरेक दिन खाना खाई सकेपछि बिहान बेलुका नरम टु्रथब्रस र फ्लोराईडयुक्त मन्जनले दाँत सफा गरौ भन्ने उद्देश्यले कार्यक्रम गरीएको हो ।
