Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षण गर्दा नौं जना गरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा २ हजार ६८८ सक्रिय संक्रमित छन् भने ४८१ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाको कारण थप एक जनाको मुत्यु भएको छ ।