Trending
काठमाडौँ – लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ ।
बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी–जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको हो ।
