file photo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन्।

नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उहाँले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए।

उनले डिजिटल नेपाल सफल पार्न महत्त्वपूर्ण भूमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालका लागि पूर्वाधार विकास गर्न निर्देशन दिए। उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकले सरकारी सेवा सुविधा लिन कठिनाइ भोग्नु नपर्ने बताए।

१० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै काम गर्न सकिने उल्लेख गरे। उनले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताए।

मन्त्री गुरुङले भने‚ ‘अहिले प्रधानमन्त्रीले विशेष चासो र महत्त्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो। डिजिटल नेपाल सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो।’

उनले प्रत्यक्ष रूपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए। गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ टेलिकम पुगेका थिए।

शनिबार, १९ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे