Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ एन्टीजेन परीक्षण गर्दा १५६ जना गरी कुल २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा पाँच हजार ६९२ सक्रिय संक्रमित छन् भने २५१ जना संक्रमणमुक्त भएका छन् । बुधवार मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।