Trending
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २५५ सहित देशभर थप ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८८ हजार ५४७ जना पुगेको छ ।
५ हजार ५९८ जनामा पीसीआर परीक्षण गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जनामा गरी ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १६४, भक्तपुरका २६ जना र ललितपुरका ६५ गरी उपत्यकामा कुल २५५ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११२३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११५७ पुगेको छ ।