पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३५९ सहित देशभर थप १०६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८७ हजार ६८० जना पुगेको छ ।
१० हजार ११३ जनामा पीसीआर परीक्षण गर्दा ८९८ जना र ३२५५ एन्टिजेन परीक्षणमा १६८ जनामा गरी १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६६, भक्तपुरका ३१ जना र ललितपुरका ६२ गरी उपत्यकामा कुल ३५९ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९३८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६६ हजार ६९६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १११४८ पुगेको छ ।