पछिल्लो २४ घण्टामा उपत्यकामा २०२ सहित देशभर थप ६७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
७ हजार १६७ जनाको पीसीआर परीक्षण गर्दा ५८२ जना र २३२८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० गरी ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १३७, भक्तपुरका १५ जना र ललितपुरका ५० गरी उपत्यकामा कुल २०२ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४९५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११३८० पुगेको छ ।