Trending
पछिल्लो २४ घण्टामा उपत्यकामा २१३ सहित देशभर थप ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ९ लाख २ हजार ५१४ जना पुगेको छ ।
४ हजार ९७२ पीसीआर परीक्षणमा ४३८ जना र १९५९ एन्टिजेन परीक्षण गर्दा ७५ जनामा गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १५०, भक्तपुरका २४ जना र ललितपुरका ३९ गरी उपत्यकामा कुल २१३ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८१७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८६ हजार ६३० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११३४५ पुगेको छ ।