Trending
पछिल्लो २४ घण्टामा देशभर थप ३६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९७ हजार ५८९ जना पुगेको छ ।
३ हजार ४१८ पीसीआर परीक्षणमा ३९८ जना र ३२६ जना र २७९६ एन्टिजेन परीक्षण गर्दा ४७ जनामा गरी ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८०४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७९ हजार १५४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२६९ पुगेको छ ।