Trending
काठमाडौंमा विद्यार्थीहरु र ४० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने भएको छ ।
काठमाडौंमा भोलि (शुक्रबार) देखि १८ वर्ष माथिका विद्यार्थीहरु र ४० वर्षमाथिकाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरु र ४० वर्षमाथिकाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका हुन् ।
यस खोप अभियान यही भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
विद्यार्थीहरुका लागि तोकिएको खोपकेन्द्र
-सशस्त्र प्रहरी अस्पताल–बलम्बु,
-वीरेन्द्र सैनिक अस्पताल–छाउनी,
-राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी,
-नेपाल प्रहरी अस्पताल–महाराजगञ्ज
-वीर अस्पताल–रत्नपार्क,
-निजामति कर्मचारी अस्पताल–वानेश्वर,
-परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली,
-शिक्षण अस्पताल–महाराजगञ्ज
४० वर्षमाथिका नागरिकका लागि तोकिएको खोपकेन्द्र
-विद्यार्थीहरुका लागि तोकिएको खोपकेन्द्रसहित
-काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
-अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र