पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८६७ सहित देशभर थप ३०७५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख २० हजार ६०५ जना पुगेको छ ।
११ हजार ९४६ जनामा पीसीआर परीक्षण गर्दा २३२१ र ४४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६३९, ललितपुरका १२७ र भक्तपुरका १०१ जना गरी ८६७ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१२६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४२९ पुगेको छ ।