सरकारले बालबालिकालाई कोभिड विरुद्धको खोप ल्याउने तयारी सुरु गरेको छ ।

पुस मसान्तसम्म बालबालिकाकै लागि एक करोड खोप ल्याउने लक्ष्य राखेको सरकारले चैतसम्म सबै नेपालीलाई खोप लगाउने गरी कार्ययोजना तयार पारेको छ । कार्ययोजना अनुसार बालबालिकाका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप ल्याइने छ । प्रस्तावित खोपको मात्रा मध्ये केही अनुदानमा र केही आफैंले खरिद गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६४ लाख ६८ हजारले पूर्ण खोप लगाइएका छन् । ८३ लाख ६१ हजारले पहिलो मात्रा खोप लगाएका छन् ।

आगामी चैतसम्ममा सबै नागरिकलाई पूर्ण खोप लगाइसक्ने योजना अनुसार सरकारले बालबालिकाको लागि पनि खोप ल्याउने तयारी सुरु गरेको हो ।

बुधबार, २७ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो