यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदे बालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान त्रिपुरा न्यौपानले बताउनुभयो ।

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन् । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने कषि विकास कार्यालयका प्रविधिक सुकिराम नेपालीको भनाइ छ । यस वर्ष हिउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानमा छ ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य सङ्कट निम्तिने किसान बताउँछन् । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएका छैनन् । छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

हिउँदे बालीका लागि आकाशे वर्षा लामो समयसम्म नहुनु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा पनि संलग्न रहेका छन् । रासस

सोमवार, ९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो