जुम्ला चन्दननाथ नगरपालिका ८ का भैरबहादुर धरालाले कालो गहुँ (उवा)को खेती गर्न छाडेको तीन वर्ष भयो । तीन वर्ष पहिलेसम्म बर्सेनि बारीमा कालो गहुँको खेती गरिरहेका हुन्थे । उहाँको बारीमा अहिले कालो गहुँको खेती हुँदैन ।

‘कालो गहुँ सुगर फ्री भएकोले अहिले अत्यधिक माग छ । तर लगाउनै छाडेकोले पछुतोमा छु’ उहाँले भन्नुभयो ‘जुम्लाबाटै व्यापारीले कालो गहुँ प्रतिकेजी २ सय ६० रुपैयाँमा खरिद गरेर लैजान्छन्’ भैरबहादुरले भन्नुभयो, ‘कालो गहुँले पैसा पनि धेरै भित्र्याउन सकिँदो रहेछ ।’ कालो गहुँ जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाको ६० वटा वडामै खेती गरिन्छ । अहिले पनि सिंजा, कनका सुन्दरी, हिमा र पातारासीका किसानले कालो गहुँको उत्पादन गरेर बेचिरहेका छन् ।

सिंजा २ का टिकराज धितालले गत वर्ष मात्रै जुम्लादेखि १५ क्विन्टल कालो गहुँ खरिद गरेर चितवन पुर्‍याए । उहाँले किसानलाई घरदैलोमै प्रतिकेजी २ सय ६० रुपैयाँ उपलब्ध गराए । टिकराजले भन्नुभयो, ‘कालो गहुँको देशका शहर र अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ । तर कम उत्पादन भएकोले पुर्‍याउन सकिएको छैन ।’

जुम्लामा सडक पुगेसँगै कालो गहुँको खेती लोप हुँदै गएको स्थानीय बताउँछन् । चन्दननाथ नगरपालिकाको ५ नम्बर वडाले कालो गहुँको निर्यातका लागि दिएको सिफारिस देखाउँदै टिकाराजले भने, ‘कालो गहुँ जुम्लीको लागि राम्रो आम्दानीको स्रोत हो ।’ टिकराजले खरिद गरेर चितवनमा पुर्‍याएको गहुँ विनोद गिरीले जापान, अमेरिका र श्रीलंकाको बजारमा समेत लैजाने गर्छन् ।

कालो गहुँबाट बियर तथा मदिराजन्य पेय पदार्थ समेत बन्छ । जुम्लाको उत्पादनले माग नधानेकाले भारतबाट खरिद गरेर ल्याउने गरिएको व्यापारीहरुको भनाइ छ । टिकराजले भन्नुभयो, ‘बजारको माग धान्नकै लागि भएपनि बाँकेको रुपैडिहा नाका हुँदै भारतबाट भित्र्याएर नेपाली बजारमा पुर्‍याउन बाध्य छौं । ’

अहिले भने चन्दननाथ ८ कै आउसी रोकाया कालो गहुँको खेती गर्न हौसिएकी छन् । उहाँले पहिले खाजाको लागि मात्र खेती गर्ने भएपनि अब व्यावसायिक रुपमा खेती गर्न थाल्नु भएकी हुन् । कालो गहुँ मंसिरमा छरेर जेठ महिनामा उत्पादन भित्र्याइन्छ । कालो गहुँमा उच्च जिंक तत्व, सुगर फ्री हुने भएकाले यसको रोटी मधुमेहका बिरामीका लागि फाइदाजनक हुने बुझाइ छ ।

यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुने र क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्‍याउने बताइन्छ ।

 

बिहिबार, ५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो