गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलनको मिति निर्धारण गरेको थियो ।

प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएको र अब परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिने संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन ।

एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएको थियो । परराष्ट्र मन्त्रालयमा आचार्य समूहका एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, मानार्थ सदस्य नवराज ओली (शनि) र आइसीसी पूर्व सचिव जानकी गुरुङले उजुरी दिएका थिए ।

एनआरएनएमा आचार्यका साथै डा. बद्री केसी र रविना थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एनआरएनएको नियामक निकाय परराष्ट्र मन्त्रालय भएता पनि आन्तरिक विषयमा मन्त्रालयले अनावश्यक चासो राख्न नहुने एनआरएन अगुवाहरुले बताउँदै आएपनि ।

 

सोमवार, २५ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !