कृषि बीमा अन्तर्गत, नेपालमै पहिलो पटक डिजिटल प्रणालीमार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बीमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालिलगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बीमा सुरु गरेका हुन् ।

पहिलो पटक बीमा गराएर धान बाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम वितरण गरिएको एनएलजी बीमा कम्पनीका प्रतिनिध अनु हमालले बताउनुभयो ।

क्षति भएका किसानलाई क्षति बराबरको रकम ३ हजार ४०० देखि ३३ हजार रुपियाँसम्मको चेक हस्तान्तरण गरिएको छ । सुरुमा पानी नपरेर खडेरीको समस्या, किराहरूको समस्या र पछि ठूलो पानी आएर डुवानको समस्याले धानवालीमा क्षति पुगेपछि सोही क्षति अनुसारको रकम बीमा गराएका किसानलाई उपलब्ध गराइएको हमालले बताउनुभयो ।

सीड इनोभेसन्स प्रालिद्वारा निर्मित प्लान्टस्याट डिजिटल बीमा प्रविधिको प्रयोग गरी बीमालाई सहज, छिटो र छरितो होस् भन्ने उद्देश्यका साथ भू–उपग्रह स्वचालित मौसम स्टेशन र किसानले मोबाइल एपमार्फत खिचेको फोटो, भिडियोसहितको प्रक्रियामार्फत अनुगमन गरिएको थियो ।

क्षति दाबी गर्नुभएका किसानको खेतमा गई अन्तर्राष्ट्रिय मापदण्डअनुसार किसानको खेतको क्षेत्रफल हेरेर किसानको उत्पादन निकाली त्यही उत्पादनका आधारमा किसानको क्षति कति भयो भन्ने पुष्टि गरिएको बीमा कम्पनीले जनाएको छ ।

बुधबार, २७ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो