नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ ।

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यक पर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिट) जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताउनुभयो ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च (एसजेएफ) को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा. शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाउनुभयो ।

उहाँले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताउनुभयो । भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा. शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्नुभएको थियो ।

सो अवसरमा मञ्चका नेपाल शाखा संयोजक प्रकाश सिलवालले “राष्ट्र निर्माणमा पत्रकारको भूमिका” विषयक उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तुबारे अवगत गराउनुभएको थियो ।रासस

बुधबार, २७ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो