काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।

महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन् ।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, “स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।”

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ । खोप कार्यक्रम विहान १०ः०० देखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ ।

-रासस

शुक्रबार, २२ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान