शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना बढेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उनले बताए ।

शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।

माओवादीले बुधबार नै मन्त्रिपरिषदमा सहभागी हुनेको नामावली टुङ्गो लगाइसकेको छ । माओवादीले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरिसकेको छ । अन्य दलकोतर्फबाट पनि आवश्यक निर्णय गरेर नामावली प्राप्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

बिहिबार, २१ अशोज, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो