मुस्लिम आयोगका पूर्व अध्यक्ष समिम मिया अन्सारीले पुराना पार्टीबाट मुलुक बन्न नसक्ने ठोकुवा गरेकाछन् ।

आज काठमाडौमा आफ्नो अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल पार्टीको घोषणा गर्दे उन्ले मुलुक निर्माणकालागि नयाँ दल आवश्यक देखिएकाले युवाहरुसहितको नयाँ दल घोषणा गरेको जानकारी दिए । सबै भुगोल, जनजाति, समूह, दलित, मुस्लिम, नेवा, खस आर्यसबै अटाउने पार्टी आफ्नो भएको दाबीसमेत गरे ।

अहिले देशमा भ्रष्टाचार बढ्दै गएको, सरकारले सुशासन कायम गर्न नसकेको र युवालाई रोजगारी दिन नसकेको भन्दै आफ्नो पार्टीले सुशासन केन्द्रीत अभियान सञ्चालन गर्ने दाबीसमेत गरे । उन्ले आफ्नो पार्टी सबैको सम्मान, सबैको पहिचान, राष्ट्रिय स्वाधिनता राष्ट्र निर्माणमा लाग्ने दाबी गरे । जनताको हित सर्वोपरि भएको भन्दै उन्ले देश निर्माण प्रमुख उद्धेश्य रहेकोमा पनि जोड दिए । उन्ले आफ्नो पार्टी बिचारबाट चल्ने भन्दै बिचार मिल्नेसंग सहकार्य गर्न सकीने पनि प्रष्ट पारे ।

 

मुस्लिम समूदाय राज्यबाट तिरस्कृत भएको भन्दै आफुले मुस्लिम समूदायलाई समेटेर अगाडी बढ्ने बताए । घोषणा सभामा पूर्व सांसद जाकिर हुसेनले पार्टी निर्माणमा सहकार्य र संगठन बिस्तारमा तत्काल लाग्ने बताए ।

घोषणा कार्यक्रमा डाक्टर, समाजेवी, बुद्धिजीवि र प्रतिष्ठित व्यक्तिहरुको बाहुल्यता थियो । पार्टीको चुनाव चिन्ह पानीको बोतल रहेको पनि उन्ले जानकारी दिए ।

शुक्रबार, १८ पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !