file photo

रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् ।

रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् ।

“यस जिल्लामा एउटा चिनी मिल बन्द छ भने भएको अर्को मिलले उखु खरिद गर्न सुरु नै गरेको छैन । यस्तो अवस्थामा उत्पादित उखु सखर मिललाई बिक्री गर्नु किसानको बाध्यता हो । उखुबाली हटाई मुसुरो, गहुँलगायतका हिउँदेबाली लगाउन आतुर भएका किसानले सस्तैमा भए पनि सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन्,” जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले भन्नुभयो ।

सिँचाइ अभावमा अन्य बाली उत्पादन नहुने भएपछि बर्सेनि उखु खेती गर्दै आउनुभएका गढीमाई नगरपालिका हथिऔलका किसान जयदेव दासले अब उखु खेतीबाट फाइदा लिन सकिने अवस्था नरहेको बताउनुभयो ।

सखर उद्योगी पनि सखरबाट खासै फाइदा नहुने बताउँछन् । रौतहटको गढीमाई नगरपालिकामा करिब एक दर्जन सखर उद्योग सञ्चालनमा छन् । सखरको मागबमोजिम उखुको मूल्य निर्धारण हुने सखर व्यवसायी रामेश्वर दासले बताउनुभयो । उहाँका अनुसार अहिले उखुको मूल्य प्रतिक्विन्टल चार सयदेखि साढे चार सय रुपियाँ रहेको छ ।

१२ क्विन्टल उखु पेल्दा एक क्विन्टल सखर उत्पादन हुने अर्का सखर उत्पादक व्यवसायी रामप्रवेश दासले बताउनुभयो । उत्पादित सखरमध्ये कालो सखरको मूल्य प्रतिक्विन्टल पाँच हजार र सेतो सखरको मूल्य प्रतिक्विन्टल छ हजार पाँच सय रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो ।

भारतबाट अवैध रूपमा भित्रिने सखरका कारण नेपाली सखर उद्योग धराशायी बन्दै गएकाले किसान र उद्योगी दुवैलाई मर्का परेको बताउनुहुँदै उहाँले भारतीय सखरको मूल्य कम हुँदा नेपाली सखरको बिक्री वितरण प्रभावित बनेको गुनासो गर्नुभयो ।

आइतवार, ३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !