आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो ।

४८ बर्षीय ग्रान्ड चर्चित खेल पत्रकार हुनुहुन्छ । उहाँले फिफा विश्वकप फुटबलको लगातार रिर्पोटिङ गरेको यो आठौं पटक हो । उहाँले सन् १९९४ को विश्वकप देखि लगातार विश्वकपको समाचार संकलन गर्दै आउनुभएको थियो । ग्रान्डलाई शुक्रबार समाचार संकलनकै क्रममा हृदयघात भएको बताइएको छ ।

युएस सकरले शनिबार बिहान एक वक्तब्य जारी गर्दै ग्रान्टको मृत्यु भएको उल्लेख गरेको छ । युएस सकरले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्ख लागेको पनि जनाएको छ ।ग्रान्ट रंगशालाको प्रेस बक्समा बसेर फुटबल हेरिरहेकै अवस्थामा एक्कासी ढल्नुभएको थियो ।

त्यसपछि सञ्चारकर्मीहरुले मेडिकल टोलीलाई बोलाएका थिए । रंगशालामै २० मिनेटसम्म सीपीआर गरिएपनि ग्रान्टलाई बचाउने प्रयास सफल भएन । लामो समय अमेरिक म्यागजिनमा काम गर्नुभएका ग्रान्ट पछिल्लो समय अनलाइन पोर्टल ‘सबस्ट्याकमा’ समाचार लेख्दै आउनुभएको थियो ।

कतारमा भईरहेको लैंगिक हिंसाको विषयमा आवाज उठाएका ग्रान्टले लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सट लगाएर रंगशाला प्रवेश गरेपछि कतार प्रहरीले गिरफ्तार समेत गरेको थियो ।

फक्स स्पोर्ट्समा समेत काम गर्नुभएका ग्रान्टले नेदरल्यान्ड्सले उत्कृष्ट गोल गरेको भन्दै शुक्रबार राति ट्वीट समेत गर्नुभएको थियो । स्वर्गीय ग्रान्टका एक श्रीमती छन् । बीबीसी

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान