कैलालीको धनगढी उपमहानगरभित्र पर्ने मुख्य सडक बिस्तारका लागी सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने काम तिब्र पारिएको छ ।

उप महानगरपालिकाले पत्राचार गर्दै सरकारी संरचना भत्काउन शुरु गरेको हो । सडक क्षेत्र खाली गराएर दुई बर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य उप महानगरले लिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिई सकेको छ ।

दुई हजार तीनसय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको हो । सडक क्षेत्राधिकारभित्र पर्ने अधिकांश सरकारी भौतिक संरचना उपमहानगरपालिकाले भत्काई सकेको छ ।

प्रदेश सरकारको झण्डै ६० करोड रुपैया लागतमा धनगढी उप महानगरपालिकाको कैलाली पुलदेखी क्याम्पसचोकसम्म मुख्य सडक चौडा गरिन लागेको हो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !