मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले चार महिनाको अवधिमा झण्डै २२ करोड रुपैया बढीको अवैध सामान बरामद गरेको छ । मधेस प्रदेशका आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो ।

यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख, ८ हजार रुपैया बराबरको सामान बरामद गरेको हो । भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायतका सामान बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै ५१ लाख,८५ हजार ३ सय रुपैया स्रोत नखुलेको नेपाली रुपैया पनि बरामद गरीएको छ ।

यहि अवधिमा ४० लाख १५ हजार रुपैया बराबरको अवैध काठ र ३६ लाख ५३ हजार रुपैया बराबरको चौपाया बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ । त्यसैगरी २० लाख,७२ हजार रुपैया बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करी लगायत विभिन्न गैरकानुनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।

त्यस्तै २८ हजार ४१ थान विभिन्न प्रकारको लागूऔषध, १५ क्विन्टल २८ किलोग्राम गाँजा, २० किलोग्राम चरेस, ५ ग्राम खैरो हेरोइन, बरामद गरेको छ ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !