Trending
तेह्रथुमका किसानहरुले गाईपालनबाट राम्रो आम्दानी लिन थालेकाछन् । गाईपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका युवाहरुसमेत आकर्षित हुन थालेकाछन् ।
रोजगारीको खोजीमा युवाहरु बिभीन्न मुलुकमा पुगी रहँदा यहाँका युवाहरु भने गाउँमै गाईपालन तर्फ आकर्षित हुन थालेका हुन् । गाउँ गाउँमा सडक जोडिएपछी स्थापना भएका चिस्यान केन्द्रमा दुध बिक्री हुन थालेपछी युवाहरुको रोजाईमा गाईपालन पर्दै गएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रका युवाहरु पछिल्लो समय गाईपालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन । थोरै लागनीबाट सुरु गर्न सकीने भएकाले पनि गाईपालनमा आकर्षण बढेको हो । तीन लाख रुपैयाको लगानीमा गाईपालन सुरु गरेका सुदाप ६ का बाबुराम कटुवालले दुध बिक्रीबाट मात्रै मासिक ७० हजार रुपैया आम्दानी गर्ने गरेको बताउनुभयो । युवाहरुले फर्म नै दर्ता गरि गाँउ गाउँमा गाईपालन गर्दै आएका छन ।
जर्सी, होलेस्टेन लगायतका उन्नत जातका गाईहरु किसानले पाल्दै आएका छन । उत्पादन भएको दुध स्थानीय स्तरमा स्थापना गरिएका छुर्पी उद्योगहरुमा नै खपत हुँदै आएको छ ।