Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षण गर्दा आठ जना गरी कुल २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा १ हजार ५५८ सक्रिय संक्रमित छन् भने २१५ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।